नेतृत्व तथा वाककला तालिम प्रदान

१० चैत्र २०७४, शनिबार १८:२८
 

सदरलाइनडटकम
१० चैत, नेपालगन्ज  : प्लान नेपालको सहयोगमा राईजिङ आइडल्स बाँकेको आयोजनामा ग्रामिण यूवा महिलालाई दुईदिने नेतृत्व तथा वाककला तालिम दिइएको छ ।
यूवा महिला सञ्जालमा आवद्ध बैजनाथ गाउँपालिका १, खजुरा ३, ४ र डुडुवा गाउँपालिका ४ र ५ वडाका २७ यूवा महिलालाई प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । तालिममा नेतृत्व विकास, सञ्चार, सञ्चार प्रक्रिया, आमसञ्चार, वाककला / भाषणकला, उदघोषण कला र रेडियो लगायतका विविध आयाम बारे सहजीकरण गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष एवं रेडियो बागेश्वरी एफएमका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाईले नेतृत्वशिप र सार्वजनिक वाककलाका विषयमा सैद्धान्तिक कक्षासँगै व्यवहारिक अभ्यास गराएका थिए ।
आईडल्स बाँके अध्यक्ष विनोद शर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा आईडल्सका संस्थापक अधयक्ष आशिष बर्मा, प्रशिक्षक चौलागाईले प्रमाण पत्र प्रदान गर्दै सफलताको शुभकामना व्यक्त गरे । आइडल्सकी समाजिक परिचालक आशा गुरुङले सञ्चालन गरेकोे समापन समारोहमा सहभागि रोशनी थापाले तालिमको अनुभव सुनाईन ।


 

Next Post

वडा अध्यक्षद्वारा शुल्क एक रुपताको पहल

१० चैत्र २०७४, शनिबार १८:२८
सदरलाइनडटकम   १० चैत, नेपालगन्ज  : नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा नेपालगन्ज उप–महानगरपालिका वडानम्बर २० मा संस्थागत विद्यालयको शु्ल्कमा एकरुपताको पहल गरिएको छ । वडा न २० का अध्यक्ष कृष्ण कार्कीले वडामा संचालित संस्थागत विद्यालयको शु्ल्कमा एकरुपता ल्याउने औपचारिक प्रक्रियाको पहल गरेका छन् । संस्थागत विद्यालयको शुल्कमा एकरुपता ल्याउन वडा […]