सदरलाइनडटकम,
प्युठान : प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ मा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । भिगृबाट स्वर्गद्वारी जाँदै गर्दा ग २ च ५२४९ नम्बरको जीप बिहीवार कोलवाङमा दुर्घटनामा परेको हो ।
जीपमा ४ जना सवार रहेकोमा एक जना पुरुष भने हामफालेर बाँच्न सफल भएका छन् । दुर्घटनामा घाइते एक महिला र एक पुरुषलाई उपचारका लागि भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । यो समाचार तयार पारुञ्जेलसम्म मृतकको पहिचान र दुर्घटनाको कारण भने खुल्न सकेको थिएन ।
