कर्णाली सरकार र दातृ निकायबीच छलफल

२३ आश्विन २०७५, मंगलवार १४:४७
 

सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेश सरकारले विभिन्न विषयमा लगानीकर्ताहरुसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय दातृ निकायसँग कर्णालीको विकासका लागि बहुपक्षीय छलफल गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कर्णालीको विकासका प्राथमिकता र सहयोगबारे परार्मश भएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका साथै प्रदेश सरकारका मन्त्री र सचिवहरु सहभागी थिए ।
दातृ निकायको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआइडीका रुरिक मार्सडेनलगायतको सहभागिता थियो । डिएफ आइडीका एशिया निर्देशक रुरिकले कर्णाली प्रदेशको विकासमा साझेदार निकायले गर्ने लगानीका बारेमा प्रदेश सरकार र स्थानीय सरकारका प्राथमिकताहरु बारे जानकारी लिएको बताए ।

Next Post

कर्णाली प्रदेशसभाको बैठक विपक्षीद्वारा अवरुद्ध

२३ आश्विन २०७५, मंगलवार १४:४७
सदरलाइनडटकम, सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । कर्णाली सरकारका काम कारबाहीप्रति असन्तुष्टी जनाउँदै मंगलवार कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसका प्रदेशसभा सांसद दिनबन्धु श्रेष्ठले प्रदेश सरकारले चार महिनासम्म पनि बजेटको रातो किताब उपलब्ध नगराएको भन्दै सरकारको आलोचना गरे । कर्णाली प्रदेश […]