भेरीका अपराध अनुसंधान गर्ने प्रहरी अधिकृत तथा जुनियर अधिकृतका लागि एकदिने कार्यशाला

२७ पुष २०७३, बुधबार १३:१८
 

   सदरलाइनडटकम  
२७, पुस नेपालगन्ज : अञ्चल प्रहरी कार्यालय भेरीको आयोजनामा नेपालगन्जमा एकदिने अपराध अनुसंधान तथा समीक्षा कार्यशाला सम्पन्न भएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक माधव नेपालले अपराध नियन्त्रण तथा अनुसंधान सम्बन्धित तेस्रो एक दिवसिय कार्यशालाको नेपालगन्जमा उद्दघाटन गर्दै प्रहरीको अनुसंधानलाई प्रविधि र बैज्ञानीक बनाउदै अपराधलाई नियन्त्रण र निमूर्ल गर्न सकिने बताए
उनले भने–‘प्रहरीले अवका दिनमा जाहेरीका आधारमा मात्र अनुसंधान अघि बढाउदा पीडितले न्याय नपाउने भएकोले वस्तुनिष्ठ र प्रविधि युक्त अनुसंधान अघि सार्दै अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि कुनै कसर बाँकी राख्ने छैन ।’
उनले प्रहरीसंग नागरिकको विस्वास बढ्ने गरी अनुसंधानलाई अघि बढाउनको लागि प्रहरी र सरकारी वकिलका बीचमा अभियोजन गर्ने कुराको विभिन्न पाटोमा राय परामर्श गरेर अभियोजन गर्ने र अनुसंधानलाई अघि बढाउदा प्रहरीले धेरै सफलता पाएको दावी गरे ।
भेरी अञ्चलका ५ जिल्लाका जिल्ला प्रहरी प्रमुख तथा विभिन्न १३ विभिन्न मुद्दा चल्ने प्रहरीको मुद्दा शाखाका प्रहरी अधिकृत तथा जुनियर अधिकृत गरी ५५ जनाको सहभागिता रहेको सो कार्यक्रममा भेरी अञ्चल प्रहरी प्रमुख तथा प्रहरी वरिठ उपरिक्षक धिरु बस्न्यातले आफ्नो कार्य क्षेत्रका सबै प्रहरी युनिटले बैज्ञानिक अनुसंधानलाई अवलम्बन गर्न सजिलो होस भनेर विभिन्न समयमा यस्ता कार्यक्रम राखिएको दाबी गरे ।
उनले भने–‘भेरीमा रहेका मुद्दा दर्ता गर्ने प्रहरी युनिटमा एक वर्षमा १ हजार ७ सय बढी मुद्दा दर्ता हुने र यी मुद्दा एक युनिटको भागमा सरदर कम्तीमा पनि सय बढी पर्ने भएकोले त्यसैले अनुसंंधानलाई बैज्ञानिक र बस्तुनिष्ठ बनाउनलाई यस्ता कार्यक्रम फलदायी हुने भएकोले आयोजना गरिएको हो ।’ अञ्चल प्रहरी कार्यालय भेरी अन्तरगतका विभिन्न युनिटमा १ हजार ६ सय ७३ मुद्दा बर्ष भरी आाउने गरेको र १ हजार ४ सय ७३ मुद्दा अनुसंधान भएर कारबाही प्रकृया सुरु भएको जानकारी दिए ।


उनले विभिन्न युनिटका ५ सय ४० जनलाई बैज्ञानिक अनुसंधानको प्रशिक्षण दिदै उनीहरुलाई प्रविधिको बारेमा समेत ज्ञान गराएको बताए । मध्यपश्चिम क्षेत्रको लागि नेपालगन्जमा चाँडैनै निर्माणाधिन अवस्थामा रहेको फोरन्सीक ल्याव निर्माण भई सञ्चालनमा आउदा अनसंधानलाई अझ चाँडो हुने दावी समेत गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरपालिका दुई वडा खुल्ला दिसामुक्त वडा घोषणा

२७ पुष २०७३, बुधबार १३:१८
सदरलाइनडटकम       २७ पुस नेपालगन्ज : लामो समयपछि नेपालगन्ज उप–महानगरपालिकामा सरसफाईको कार्यले तीब्रता पाउन सुरु गरेको छ । यसक्रममा गत साउनदेखि नै प्रभावित भएको खुला दिसामुक्त अभियान पुन सुरु हुँदै बुधबार नगरको वडा नंं १२ र १३ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यी दुई वटा वडा खुल्ला […]

सम्बन्धित