नेपालगन्ज उप–महानगरपालिका दुई वडा खुल्ला दिसामुक्त वडा घोषणा

२७ पुष २०७३, बुधबार १३:५३
 

सदरलाइनडटकम      
२७ पुस नेपालगन्ज : लामो समयपछि नेपालगन्ज उप–महानगरपालिकामा सरसफाईको कार्यले तीब्रता पाउन सुरु गरेको छ । यसक्रममा गत साउनदेखि नै प्रभावित भएको खुला दिसामुक्त अभियान पुन सुरु हुँदै बुधबार नगरको वडा नंं १२ र १३ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ ।
यी दुई वटा वडा खुल्ला दिसामुक्त घोषणासँगै उप–महानगरपालिका क्षेत्रमा १३ वटा वडा खुल्ला दिसामुक्त भएका छन् भने अझै १५ वडा खुला दिसामुक्त हुन बाँकी रहेका छन् । वडा नम्वर १२ मा ८ सय २० र वडा नम्वर १३ मा १ हजार ३ सय ७९ घरघुरी रहेकोमा सबै घरमा शौचालय निर्माण भएपछि वडा नागरिक मञ्चको सिफारिसमा उप–महानगरपालिकाले खुला दिसामुक्त वडा घोषणा गरेको हो ।
प्रमुख सरोकारवाला निकाय, वडा नागरिक मञ्चका पदाधिकारी, स्थानीयवासी सहभागी घोषणा समारोहमा खुला दिसामुक्तका लागि १३ बुदे लिखित प्रतिवद्धता समेत गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले प्रस्तुत गरेको प्रतिवद्धतामा बुधबारदेखि दुवै वडामा खुला दिसा नगर्ने, नियमित फोहर व्यवस्थापन गरि सरसफाई राख्ने, खुला स्थानमा दिसा गरेको, सेफ्टी टंयाकी नालामा जोडेको पाइएमा पहिलो पटक ५ सय, दोस्रो पटक एक हजार र अटेर गरेको पाइएमा ५ हजार र थप कानूनी कारवाही गरिने आदि उल्लेख गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु पत्रकार संघ बाँकेको माघि मिलन कार्यक्रम

२७ पुष २०७३, बुधबार १३:५३
सदरलाइनडटकम     २७ पुस नेपालगन्ज : थारु पत्रकार संघ बाँकेको आयोजनामा थारु समुदायको महान पर्व माघीको अवसरमा नेपालगन्जमा बुधबार माघि मिलन कार्यक्रम गरिएको छ । थारु पत्रकार संघ बाँकेका अध्यक्ष बिमला चौधरीको अध्यक्षतामा बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघले आयोजना गरेको एक महिने पत्रकारिता तालिमको […]