कैलालीको टीकापुरमा एमालेका नेतामाथि खुकुरी प्रहार

सदरलाइन संवाददाता २७ असार २०८०, बुधबार १४:४९
 

कैलाली : कैलालीको टीकापुरमा नेकपा एमालेका २ नेतामाथि खुकुरी प्रहार भएको छ । नेकपा एमालेको कैलाली जिल्ला कमिटि सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।


अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । शाह समूह नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ । घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका ३ जिल्लामा वितरण भएन नागरिकता

२७ असार २०८०, बुधबार १४:४९
नेपालगञ्ज : नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा धेरै नागरिकता वितरण गरिएको छ । जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहँदा लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म कसैले पनि नागरिकता लिएका छैनन् । नयाँ ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो […]