तरुण दलको बन्द खुल्यो जनजीवन सामन्य बन्दै

२५ पुष २०७३, सोमबार १०:३२
 

सदरलाइनडटकम  
२५ पुस, नेपालगन्ज : तरुणदल बाँकेले आव्हान गरेको बाँके बन्द सोमबार अपरान्हबाट फिर्ता लिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्ना कार्यकर्ता तथा तरुण दल बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पक्राउको विषयलाई लिएर तरुणदल बाँकेले आईतबारदेखि बाँके बन्द आव्हान गरेको थियो ।
तरुणदलको बन्दका कारण नेपालगन्ज तथा कोहलपुरबाट सञ्चालनमा आउने लामो तथा छोटो दुरीका सवारीका साधन सञ्चालनमा आउन नसकेका सवारी साधन गन्तव्य तिर लाग्न थालेका छन् ।
गत पुस १४ राती कोहलपुरमा युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी माथि खुकुरी प्रहारको काण्डमा तरुणदल क्षेत्रीय सभापति दिग्बिजय जंग राणाको संलग्नता भएको आरोपमा प्रहरीले पक्राउ गरेपछि बन्दको आव्हान गरिएको हो । घटनाका मुख्य आरोपी लक्ष्मण मल्ल पक्राउ परे लगत्तै तरुणदलका राणा, युवा संघका ज्ञानु थापा, रमेश विक लगायत १२ जना पक्राउ परेका थिए ।
तरुणदल बाँकेले राणाको तत्काल रिहाईको मागसहित तत्कालिन तरुणदलका जिल्ला सदस्य सुवाष वर्णवाल र कार्यकर्ता रबिन्द्र श्रेष्ठको हत्याको समेत अनुसंधान गरी घटनाका दोषीलाई कानूनी कारवाही गर्न दवाव दिन आव्हान गरेको बन्दमा विद्यालय तथा शैक्षिक संस्थाहरु भने सञ्चालनमा रहेका छन् ।
नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले प्रशाशनलें निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि बन्द खोलिएको बताए । उनले बन्दको कारण जनजीवन प्रभावित हुँदै गएको र चौतर्फि बन्दको विकल्प खोज्नको लागि शुभेच्छुक समेतको सुझावमा सोमबार दिउसोबाट बन्द फिर्ता लिएको जानकारी दिए । उनले भने–‘बन्द फिर्ता लिएपनि दबाब मुलक आन्दोलन भने जारी रहने छ ।’
यता प्रहरीले आजै सो घटनाको बारेमा पत्रकार सम्मेलन गरी पक्राउ परेका सबैलाई सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार खुकुरी प्रहार गर्ने व्यक्ति लक्ष्मण मल्ललाई घटनाको लगत्तै राणाले आफ्नै मोटरसाईकलमा राखेर भाग्नलाई मद्दत गरेको कारण घटनाको मतियारको रुपमा राणालाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खुकुरी प्रहारको घटना बारेमा कोहलपुर प्रहरीले भोली पत्रकार सम्मेलन गर्दै

२५ पुष २०७३, सोमबार १०:३२
सदरलाइनडटकम  २५ पुस, नेपालगन्ज : गत पुस १४ गतेको कोहलपुरमा युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोस बुढाथोकी माथि भएको खुकुरी काण्डको बारेमा ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार बिहान ९ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । सो घटनामा प्रहरीले तरुण दल क्षेत्र नं. १ का क्षेत्रीय सभापति दिग्बिजय जंग राणा […]

सम्बन्धित