नेपालगञ्जमा जसपाको विरोधसभा

सदरलाइन संवाददाता २७ पुष २०७७, सोमबार १६:२९
 

नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन विरुद्ध नेपालगञ्जमा विरोधसभा गरेको छ । त्रिभुवनचोकमा आयोजित विरोधसभामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा वलीको असंवैधानिक र प्रतिगामी कदमका कारण मुलुक अस्थिरताको भूमरीमा फसेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमेत संविधानको बलात्कार गर्ने प्रधानमन्त्री वलीको मतियार बनेको उनीहरूले बताए ।


पूर्वमन्त्री एवं जसपाका केन्द्रिय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले अदालतले प्रतिनिधिसभा पुनःस्थापित नगरे सडकबाटै संसद् पुनःस्थापित गरिने चेतावनी दिए । उनले संविधानमै नभएको व्यवस्थालाई टेकेर गैरसंवैधानिक कदम चाल्ने प्रधानमन्त्री वली अहंकारी भएको बताए ।

विरोधसभामा कार्यकारिणी सदस्य अकबाल अहमद शाह र अमृता अग्रहरीले प्रधानमन्त्रीको सनकका भरमा प्रतिनिधिसभा विघटन भएकाले तत्काल पुनःस्थापित हुनुपर्ने बताए । प्रधानमन्त्री वलीले लोकतन्त्रको हत्या गरेको दुबै जनाको जिकिर थियो ।

Next Post

सदन विघटन हुँदैमा विकासको गति रोकिदैन : मुख्यमन्त्री पोखे्रल

२७ पुष २०७७, सोमबार १६:२९
नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रतिनिधि सभा विघटन हुँदैमा विकास निर्माणका काम ठप्प नहुने बताएका छन् । बाँकेको खजुरा गाउपालिकाको धनौली चौकी–गौघाट बर्दिया हुलाकी सडक जोड्ने सडकको ग्राभेल, नाली तथा कल्र्भट निर्माण कार्य तथा नेपालगन्ज उपमाहनगर र डुडुवा गाउपालिकाको गन्धेली नालामा निर्माण गरिएको पुल छुट्टाछुट्टै उद्घाटन गर्दै सो […]