बाँकेमा सोमवार १२ संक्रमित थपिए, ९ डिस्चार्ज

सदरलाइन संवाददाता १ कार्तिक २०७८, सोमबार १३:४९
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११५ नमुना परीक्षण गर्दा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा ४७ नमुना परीक्षण गर्दा ८, मेडिकल कलेज कोहलपुरमा २७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा ४१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।


सोमवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३४६ पुगेको छ ।

यस्तै सोमवार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सँख्या १७ हजार ९४९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित

१ कार्तिक २०७८, सोमबार १३:४९
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा सोमवारदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन समितिका संयोजक यम […]

सम्बन्धित