बर्दियामा ब्राउन सुगरसहित २ जना पक्राउ

सदरलाइन संवाददाता २५ बैशाख २०८०, सोमबार १५:२९
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका–३ बस्ने २३ वर्षीय खिम बहादुर विक र सोही ठाउँ बस्ने २० वर्षीय शिवा थारु रहेका छन् । उनीहरूलाई ३ सय ५० मिलीग्राम ब्राउनसुगरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीको विपद् व्यवस्थापनमा चुनौती छ : मुख्यमन्त्री चौधरी

२५ बैशाख २०८०, सोमबार १५:२९
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशभरी विपद् व्यवस्थापनका लागि निकै चुनौती रहेको बताएका छन् । सोमवार नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको स्वर्ण जयन्ती बर्ष समापन एवंम विश्व रेडक्रस दिवसका अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले रेडक्रसको सहयोग, सहकार्यबाट विपद् व्यवस्थापनका […]