सदरलाइनडटकम
२३ पुस, नेपालगन्ज : मारवाडी यूवा दिवसको अवसर पारेर शनिबार मारवाडी यूवा मञ्च नेपालगन्जले रक्तदान कार्यक्रम गरेको छ ।
मारवाडी यूवा मञ्च नेपालगन्जका अध्यक्ष महेश अग्रवालले यूवा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
अध्यक्ष अग्रवालका अनुसार कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । ६ जना महिलाहरुले समेत कार्यक्रममा रक्तदान गरेको आयोजकले जनाएको छ ।
मारवाडी समुदायका युवा तथा यूवतीहरुले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए । मारवाडी यूवाहरुको रक्तदान कार्यक्रममा मारवाडी सेवा परिषद र मारवाडी महिला मञ्चको सहभागिता समेत रहेको थियो ।
