यस्तो छ, प्रदेश ५ को लोगो

२४ बैशाख २०७५, सोमबार १२:०६
 


सदरलाइनडटकम
२४ बैशाख, नेपालगन्ज :  प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा लोगो सार्वजनिक गरिएको हो ।
१२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका— १ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । उनलाई लोगो सार्वजनिक समारोहमा नगद २५ हजारले सम्मान समेत गरिएको छ ।
लोगोमा के छ ?
सांसदहरुले लगाउने लोगोमा प्रदेश पाँचका जिल्लालाई समेट्ने प्रयास गरिएको छ । लोगोमा सबैभन्दा माथि सिस्ने हिमाल छ । हिमालको माथि राष्ट्रिय झण्डा राखिएको छ । त्यसभन्दा तल बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनीको अखण्ड ज्योती राखिएको छ यी सबैलाई दायाँ(बायाँबाट धान र जौंका बालाले घेरिएको छ । त्यसभन्दा पनि तल महिला र पुरुषको मिलाएको हात राखिएको छ । सबैभन्दा पुछारमा ‘प्रदेशसभा प्रदेश नम्बर ५’ लेखिएको छ ।
पूर्वी रुकुममा पर्ने सिस्ने हिमालले उच्च पहाडी जिल्लाको प्रतिनिधित्व गरेको छ भने लुम्बिनीले कपिलवस्तु र रुपन्देहीलाई समेटेको छ । धान र जौंका बालाले कृषिमा उर्बर तराई तथा पहाडका अन्य जिल्लालाई समेट्ने प्रयास गरेको छ । महिला र पुरुषको मिलाएको हातले लैंगिक समानतालाई झल्काएको छ ।
यसैगरी कर्मचारीहरुले लगाउने लोगोमा दायाँबायाँ राष्ट्रिय फूल लालीगुराँसले घेरेर बीचमा गौतमबुद्धको चित्र राखिएको छ । सबैभन्दा माथि हिमाल र हिमालको चुचुरोमा राष्ट्रिय झण्डा राखिएको छ ।

Next Post

खजुरामा एम्बुलेन्स सेवा संचालन

२४ बैशाख २०७५, सोमबार १२:०६
सदरलाइनडटकम २४ बैशाख, नेपालगन्ज :  क्यान्सर अस्पताल खजुराले सोमवारदेखि एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । बाँके क्षेत्र नं.४ का तत्कालीन सांसद दलबहादुर सुनारले सांसद क्षेत्र विकास कोषद्वारा प्रदान गरिएको ८ लाख र अस्पतालको तर्फबाट २ लाख १२ हजार ४ सय रुपैयाँमा खरिद गरिएको उक्त एम्बुलेन्स संचालनमा ल्याइएको हो । सोमवार […]