कार्यक्रम व्यवस्थापन तथा शान्ति स्वयमसेवक सम्बन्धित दुईदिने सेमिनार सम्पन्न

२३ पुष २०७३, शनिबार ०४:०५
 

सदरलाइनडटकम  
२३ पुस, नेपालगन्ज : क्रियटिभ ह्याण्ड्सको मुख्य आयोजनामा नेपालगन्जमा सुरुभएको दुईदिने कार्यक्रम व्यवस्थापन (इभेन्ट म्यानेजमेन्ट) तथा शान्ति स्वयम सेवक (पिस भोलन्टियर) सेमिनार सम्पन्न भएको छ । नेपालगन्जका विभिन्न व्यवस्थापन, सोसियल वर्क र होटल म्यानेजमेन्ट कलेजका स्नातक तहका २५ युवा सहभागी सेमिनारमा ईभेन्ट म्यानेजमेन्ट विज्ञ दीपक थापा मुख्य प्रशिक्षक रहेका थिए ।
सेमिनारमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिना, युएनडीपी नेपालगन्जका परियोजना संयोजक सतिश पाण्डे, बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई, मध्यपश्चिम क्षेत्रीय खेलकुद् विकास समितिका अध्यक्ष भीम ओली र कान्तिपुर पब्लिकेशन्सका मध्यपश्चिम क्षेत्रीय ब्यूरो प्रमुख जनक नेपालले भोलेन्टेर्सको महत्व, स्वयम्सेवी भावनाको महत्व र युवाहरुको भूमिकाबारे प्रवचन तथा सहजीकरण गरेका थिए ।
सेमिनारका सहभागी युवाहरुले इभेन्ट म्यानेजमेन्ट सीप र स्वयम्सेवी भावना जीवन उपयोगी भएकाले आफूहरु आकर्षित भएको बताएका छन् । उनीहरुले छिट्टै भोलियन्टर्स क्लब गठन गरेर नेपालगन्जमा हुने ठूला ईभेन्टहरुमा साझेदारी गर्ने ज्रतिबद्धता जनाएका छन् ।
सेमिनारका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले देश र समाज विकासको अभिभारा युवाहरुको काँधमा रहेकाले त्यो दायित्व निर्वाह गर्न युवा परिचालन र सक्रियताको खाँचो रहेको औल्याए । ‘भोलेन्टिर भावना विना सामाजिक अभियान अघि बढ्न सक्दैन । तपाईहरुको उत्साह देखेर आउँदा दिनमा नेपालगन्जमा युवा सक्रियता बढ्ने अपेक्षा गरेको छु’–उनले भने ।
क्रियटिभ ह्याण्ड्स, सेलिबे्रटी खबर अनलाईन, क्रियटिभ बुक्स र क्रियटिभ पिस भोलेन्टिर क्लबले सेमिनार संयुक्त रुपमा आयोजना गरेको सेमिनार र प्रशिक्षणमा मुख्य प्रशिक्षक दीपक थापा, पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेलेलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मैथिल ब्रहमण सेवा बाँकेको साधारण सभा

२३ पुष २०७३, शनिबार ०४:०५
सदरलाइनडटकम  २३ पुस, नेपालगन्ज : आफ्नो संस्कृति जोगाउनको लागि मिथिलाक्षेत्रमा थातथलो भएका मैथिल ब्राहमण सभा बाँकेको प्रथम साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ ।   सभाका अध्यक्ष नरेश झाको सभातित्वमा सम्पन्न भएको सो साधारण सभाको केन्द्रीय सदस्य सुधारक मिश्रले उद्दघाटन गरेका थिए । मैथिल ब्रहमण सेवा बाँकेले विभिन्न पर्वहरुमा विभिन्न सामाजिक […]