सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ मा बृहद् सरसफाई अभियान गरिएको छ । पर्यटन वर्ष २०२० को सन्दर्भमा बन तथा बातावरण संरक्षण गर्न सरसफाईको माध्यमले अभियान गरिएको हो ।
पशुपतिनाथ सामुदायिक बन उपभोक्ता समुह, इलाका प्रहरी कार्यालय कम्दीको संयुक्त पहलमा आइतवार सरसफाई अभियान गरिएको हो । कम्दी पदमपुरबाट शुरु भएको सरसफाई अभियान छग्रहवा मन्दिर मार्ग, शहिद मावि मार्ग, कम्बर शाह बाबा मार्ग, मिलन चोक मार्ग, पिकनिक स्पार्ट मार्गसम्म सैयौ उपभोक्ताको सहभागितामा सरसफाई गरिएको वन समुहका अध्यक्ष बेलबहादुर बोहराले बताए । उनका अनुसार अभियानले कम्दी क्षेत्रअन्तर्गतका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र वन तथा बाताबरणको संरक्षण तथा सम्बद्र्धनमा मद्दत पुग्ने उद्देश्यले सरसफाई आयोजना गरिएको हो ।
सरसफाईपछि आयोजित सभामा इलाका प्रहरी कार्यालयका इञ्चार्ज जंगबहादुर एमसी, राप्ती तटीय सहकारी संस्थाका अध्यक्ष खेमबहादुर बुढाथोकी, लैगिक हिंसा निगरानी समुहका हेमा थाप, फेकोफनका जिल्ला सहजकर्ता रामबहादुुर भण्डारी, बभनपुर्वा सामुदायिक बनउपभोक्ता समुहका अध्यक्ष पुनम बुढाथाकी, युवा परिमल विस्ट लगायतले धारणा राखेका थिए । अभियानमा करिब डेढ सय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।