मैथिल ब्रहमण सेवा बाँकेको साधारण सभा

२३ पुष २०७३, शनिबार १२:५०
 

सदरलाइनडटकम 
२३ पुस, नेपालगन्ज : आफ्नो संस्कृति जोगाउनको लागि मिथिलाक्षेत्रमा थातथलो भएका मैथिल ब्राहमण सभा बाँकेको प्रथम साधारण सभा नेपालगन्जमा सम्पन्न भएको छ ।   सभाका अध्यक्ष नरेश झाको सभातित्वमा सम्पन्न भएको सो साधारण सभाको केन्द्रीय सदस्य सुधारक मिश्रले उद्दघाटन गरेका थिए ।
मैथिल ब्रहमण सेवा बाँकेले विभिन्न पर्वहरुमा विभिन्न सामाजिक कार्यहरु गर्दै समाजमा आफ्नो रीति रीवाजलाई संरक्षण र संबद्र्धन गर्ने उद्देश्यले जनकपुर क्षेत्रबाट राजगारी तथा व्यावसायको सिलसिलामा यस क्षेत्रमा आएर संलग्नहरुको साझा थलो हो ।
जनकपुरबाट पहिला शिक्षाको क्षेत्रमा आएका व्यक्तिहरुको पहिचान र उनीहरुको योगदानको समेत खोजी गर्दै आफ्नो संस्कृति जोगाउनको लागि मैथिल ब्रहमण सभा स्थापना गरिएको हेमकुमार झले जानकारी दिए । उनले हराउदै जान लागेको आफुहरुको संस्कृतिलाई नयाँ पुस्ताको बीचमा लैजानको लागि सभाले पुलको काम गर्ने दाबी गरे ।
सो कार्यक्रममा सभाका सचिव विनय झाले स्वागत गरका थिए भने अजित कुमार ठाकुर, बर्दियाका अध्यक्ष पशुपति झ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व बरिष्ठ सदस्य ललित रौनियार, जिआईजेड क्षेत्रीय कार्यालय नेपालगन्जका पशुपति नाथ झा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।


  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मारवाडी यूवा मञ्चद्वारा रक्तदान

२३ पुष २०७३, शनिबार १२:५०
सदरलाइनडटकम  २३ पुस, नेपालगन्ज : मारवाडी यूवा दिवसको अवसर पारेर शनिबार मारवाडी यूवा मञ्च नेपालगन्जले रक्तदान कार्यक्रम गरेको छ । मारवाडी यूवा मञ्च नेपालगन्जका अध्यक्ष महेश अग्रवालले यूवा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । अध्यक्ष अग्रवालका अनुसार कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । ६ जना महिलाहरुले […]