विश्व व्रेल दिवसमा सम्मान तथा अधेरोको यात्रा कार्यक्रम

२० पुष २०७३, बुधबार १३:१२
 

दृष्टीविहीनका लागि ६३ हजारको अक्षयकोष स्थापना

सदरलाइनडटकम    
२० पुस पोखरा :  विश्व व्रेल दिवस तथा २०८ औ लुईव्रेल जयन्तिका अवसरमा पोखरामा नेपालमै पहिलो पटक अधेरोमा यात्रा अर्थात् ‘वाक इन डार्क’ कार्यक्रम आयोजना गरीयो । सामाजिक जगरणका लागि नारी अभियान कास्कीले कास्की नेत्रहिन संघसँग सहकार्य गरी सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्षेत्रीय प्रशासकदेिख सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु, राजनीतिक दल, मानवअधीकारकर्मी, आध्यात्मिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधी समाजसेवी, वकिल, प्रहरी, पत्रकार, डाक्टर, इञ्जिनियर, क्लव, उद्यमी लगायत विभिन्न संघसंस्थाको प्रतिनीधिहरु आखामा पट्टी वानेर सेतोछडीको सहायताले यात्रा गरेका थिए ।
पोखराको मानवअधिकार चोकदेखि हिडिएको यात्रा विपिचोक चिप्लेढुङ्गाको परिक्रमा गरी मानवअधीकार चोकमा पुगेर सम्मान तथा अनुभव आदानप्रदान सभामा परिणत भएको थियो ।
कार्यक्रममा कास्की जिल्लावाट पहीलो एस्एल्सी पास भई आत्म निर्भर वन्दै आएकी विष्णुमाया विकलाई नगद रु ५ हजार सहित सम्मानपत्र, दोसल्लाद्धारा सम्मान गरीएको थियो । क्षेत्रीय प्रशासक खगराज वराल र सामाजिक जागरणका लागि नारी अभियानका संयोजक सुष्मा पौडेलले सम्मान गरेका थिए ।
कार्यक्रममा वोल्दै क्षेत्रीय प्रशासक वरालले समाजिक जागरणले दृष्टीविहिनहरुका लागि सरकारले गर्नुपर्ने कार्यक्रम गरेको भन्दै यस्तो कार्यक्रमले दृष्टीविहनीहरु माथी हेर्नै दृष्टीकोणलाई परिवर्तन गर्ने र सम्वन्धित क्षेत्रमा समेत दभाव पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुष्मा पौडेलले कार्यक्रममा सहभागी हुने सवैलाई धन्यवाद ज्ञापन गर्दै अपाङ्गलाई दयाको पात्र नवनाई अवसर प्रदान गर्नुपर्ने भन्दै कार्यक्रमवाट वचत भएको
६३ हजार अक्षय कोषका लागि हस्तान्तरण गरेकी थिइन् ।


कार्यक्रमका अभियन्ता अधीकारकर्मी माधव पहारीले कार्र्यक्रमको उदेश्यमाथी प्रकास पार्दै यस्तो खालको कार्यक्रम विश्वमै पहीलोपटक आयोजना गरीएको वताइन् । कार्यक्रममा नेत्रहिनसंघ नेपालका केन्द्रीय सदस्य शिसिर खनालले अपाङगता भएका व्यक्तिहरुको समस्याका वारेमा सवल व्यक्तिहरुले आवाज उठाएर सहयोग स्वरुप अनुभव मुखी कार्यक्रम पहीलो भएको भन्दैयस्ता कार्यक्रमले सम्वन्धीत संघसंस्थालाई समेत दवाव पुगेको वताए ।



कार्यक्रममा पत्रकार दिप्न्द्र श्रेष्ठ, इञ्जिनियर राजेन्द्र लिगल,महिला उद्यमी लक्ष्मी वराल, पार्वती कार्की लगायतले कार्यक्रम नौलो, उपलव्धीपुर्ण र सृजनात्मक रहेको वताए । कार्यक्रममा श्रीकान्त सापकोटाले व्रेल लिपी र लुईव्रेलको वारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संघका अध्यक्ष लक्ष्मण सुवेदीले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अञ्चल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात व्यावसायी समितिको अध्यक्षमा किसन गुरुङ्ग

२० पुष २०७३, बुधबार १३:१२
सदरलाइनडटकम  २१ पुस, नेपालगन्ज : भेरी अञ्चल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात व्यावसायी समितिको १० औं अधिवेशनबाट अध्यक्षमा किसन गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमितिमा महासचिवको हैसियतमा समितिलाई नेतृत्व दिदै आएका थिए । नेपालगन्जमा जारी दशौं अधिवेशन तथा १८ औं वार्षिक साधारणसभाले १३ नयाँ कार्यसमिति चयन गरेको […]