सदरलाइनडटकम,
काठमाण्डौ : बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलवार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप्यास्त्र निकै सुरक्षित ग्रिन जोनभित्रको खाली भवनमा खसेको उल्लेख गरिएको छ ।
बग्दादको ग्रिन जोन क्षेत्रमा सबैजसो विदेशी राजदूतावासहरु रहेका छन् । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन र त्यसबाट कुनै मानवीय क्षति भएको छैन ।
ग्रिन जोन क्षेत्रमा बेलाबेला क्षेप्यास्त्र आक्रमण हुने गरेको छ । सन् २०२० मा मात्र २७ पटक क्षेप्यास्त्र प्रहार भइसकेको छ । (एजेन्सी)
Next Post
कोरोना भाइरसको खोपमा उल्लेख्य प्रगति
६ जेष्ठ २०७७, मंगलवार १५:२९
सम्बन्धित
-
१३ आश्विन २०८१, आईतवार १९:०२
प्रधानमन्त्रीको अनुरोधमा विमान कम्पनीले तीनदिनसम्म अधिकतम मूल्यमा टिकट विक्रि नगर्ने
-
५ मंसिर २०८०, मंगलवार १३:१५
भैलोको रकमबाट बाल केन्द्रलाई खाद्यान्न सहयोग
-
२२ फाल्गुन २०७७, शनिबार १०:२५
३६ वर्ष पहिले चोरी भएको मूर्ति नेपाललाई हस्तान्तरण
-
१३ फाल्गुन २०७४, आईतवार १९:०९
मानव बेचबिखनविरुद्ध मेची–महाकाली अभियानको टोलीको नेपालगन्ज पुग्दा भब्य स्वागत
-
१३ कार्तिक २०८०, सोमबार १४:५७
डेढ लाख बरावरको अवैध अटोपार्ट्स बरामद
-
१० कार्तिक २०७५, शनिबार १६:५०
स्थापना दिवसका अवसरमा तरुण दलद्वारा कपडा वितरण