भेरी अञ्चल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात व्यावसायी समितिको अध्यक्षमा किसन गुरुङ्ग

२१ पुष २०७३, बिहीबार ०२:५२
 

सदरलाइनडटकम 
२१ पुस, नेपालगन्ज : भेरी अञ्चल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात व्यावसायी समितिको १० औं अधिवेशनबाट अध्यक्षमा किसन गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमितिमा महासचिवको हैसियतमा समितिलाई नेतृत्व दिदै आएका थिए ।
नेपालगन्जमा जारी दशौं अधिवेशन तथा १८ औं वार्षिक साधारणसभाले १३ नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा रत्न बहादुर थापा, उपाध्यक्षमा काली बहादुर वली र महासचिवमा गंगादत्त वडु निर्वाचित भएका छन् । उपाध्यक्ष र महासचिवमा सर्वसम्मत हुन नसकेपछि भएकोे प्रतिष्पर्धामा वली र बडु विजयी भएका थिए ।
सचिवमा गौतम श्रेष्ठ, कोषाध्यक्षमा टिपी न्यौपाने निर्विरोध चयन भएका छन् भने सदस्यहरुमा तुलसा शाह, रमेश बजगाई, दिनेश प्रसाद श्रेष्ठ, तरुण ध्वज खाँड, द्रोर्णप्रसाद हमाल र अशोक कुमार खरेल निर्वाचित भएका छन् । यस अघि अधिवेशनको नेपाल ट्रक यातायात व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा सामुहिक बलात्कारको आरोपमा दुई पक्राउ

२१ पुष २०७३, बिहीबार ०२:५२
सदरलाइनडटकम  २१ पुस, नेपालगन्ज : साँझको समयमा अलपत्र परेकी किशोरीलाई घर पु¥याई दिने बाहानामा कोहलपुरमा सामुहिक बलात्कार भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार बुधबार राती करिव ८ बजेतिर कोहलपुर साझा नजिकै १८ वर्षिया किशोरीलाई घर पु¥याई दिने भन्दै आफ्नै कोठामा लगेर […]