प्रारम्भिक कक्षा पढाई कार्यक्रम शैक्षिक अवस्थामा सुधार ल्याउन प्रभावकारी

१८ पुष २०७३, सोमबार १२:३३
 

रुद्र सुवेदी / सदरलाइन
१८ पुस, नेपालगन्ज : सामुदायिक विद्यालय, मदरसा, गुम्बा र गुरुकुलका कक्षा १–३ अध्ययन गर्दै आएका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी हुने देखिएको छ ।
जिल्ला शिक्षा कार्यालय बाँकेको सञ्चालन र युएसएआईडी नेपालको सहयोगमा जिल्लामा सञ्चालनमा रहेको प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बाँकेका ३ सय ८१ सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्ने बालबालिका ३९ हजार १ सय ५० विद्यार्थीलाई समेटिएको छ ।
सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा कक्षा १–३ का बालबालिकाको नेपाली भाषा कमजोर भएको र विद्यालयमा शिक्षकले समेत नेपाली भाषाबाटै पढाउने भएकोले उनीहरुलाई नेपाली भाषा सिकाउनको लागि कार्यक्रम लागु भएको सहयोगी संस्था युएसएआईडी प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक उपेन्द्र भण्डारीले जानकारी दिए ।
उनले जिल्लाका सबै सामुदायिक विद्यालय, मदरसा र गुरुकुलमा शैक्षिक सामाग्री उपलब्ध गराउनुको साथै शिक्षक÷शिक्षिकालाई तालिम र सामुदाय परिचालनको लागि युएसएआईडीले सहयोग गरेको जानकारी दिए । बाँके, कास्की, कञ्चनपुर, सप्तरी मनाङ्ग र भक्तपुर गरी ६ जिल्लामा युएसएआईडीको सहयोगमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालनमा रहेको बताए ।
बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साँउदले प्रारम्भिक कक्षा पढाई कार्यक्रम चालु शैक्षिक सत्रदेखि जिल्लामा लागू भएको जानकारी दिए । उनले प्रत्येक सामुदायिक विद्यालय, मदरसा, गुरुकुलका कक्षा १–३ मा पढाउने शिक्षकहरुलाई असार महिनामा सन्दर्भ सामाग्री बारे तालिम दिएको जानकारी दिदै भदौबाट सबै विद्यालयमा शैक्षिक सामाग्री पु¥याईएको बताए ।



उनले भने–‘ प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यालयको कक्षा कोठमा विद्यार्थीको पढाई स्तरमा विकास भएको पाएका छौ । हुनत कार्यक्रम लागू भएको छोटो समयमा विद्यार्थीमा उत्सुकता ल्याएको पाएका छौ ।’ उनले विद्यालयमा यस कार्यक्रमका लागि चरण–चरणको सन्दर्भ सामाग्री पु¥याईएको बताए ।
उनले प्रत्येक स्रोत केन्द्रस्तरमा ३ जना शिक्षकलाई रिडिङ्ग मोटिभेटर राखेर कार्यक्रमको नियमित अनुगमन गर्ने गरेको बताए । विद्यालयमा पठाईएको सामानहरु प्रयोगमा भए नभएको बारेमा समेत छड्के चेकजाँच हुने गरेको बताउदै भने–‘पहिलो वार्ष र ढिलो कार्यक्रम लागू भएको कारण यो वर्ष खासै रिजल्ट नआए पनि आउदा दिनमा यसको प्रभाव राम्रो नतिजामा पर्ने विश्वास लिएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अञ्चल अस्पतालमा सशस्त्रद्वन्द्वका घाइतेका लागि निशुल्क उपचार र मनोपरामर्श सेवा सुरु

१८ पुष २०७३, सोमबार १२:३३
सदरलाइनडटकम    १९ पुस, नेपालगन्ज : नेपालगन्जको भेरी अंचल अस्पतालले दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घाइतेहरुको निशुल्क उपचार र मनोपरामर्श सेवा सुरु गरेको छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा रहेका सशस्त्र द्वन्द्वका बेलाका घाइते तथा अपांङ्ग व्यक्तिहरुलाई लक्षित गरी हाडजोर्नी रोगको उपचार तथा मनोविमर्श सेवा सुरु गरिएको हो । […]