सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ गुकाली डाँडाँमा शुक्रवार राति रा ४ प ७८९३ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा सोही ठाउँ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति साढे ११ बजे तुलसीपुरबाट घोराही तर्फ जादै गरेको मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते विक दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले बताए । दुरी देखाउन बनाईएको सिमेन्टको पिल्लरमा ठोकिन गई दुर्घटना भएको प्रहरीको भनाई छ ।
