सर्पदंशलाई जनस्वास्थ्य समस्याका रुपमा लिन अत्यावश्यक

२२ असार २०७५, शुक्रबार १९:५३
 

सदरलाइनडटकम  
नेपालगन्ज : सर्पदंशलाई राज्यले जनस्वास्थ्य समस्याको रुपमा लिन अत्यावश्यक देखिएको छ । हरेक वर्ष दश हजार बढी सर्पदंशको शिकार हुँने र एक हजारले ज्यान गुमाउदा पनि राज्यले यसलाई जनस्वास्थ्य सम्स्याको रुपमा लिन नसक्नु दुर्भग्य भएको सम्बन्धित क्षेत्रमा लागेका विज्ञको भनाई छ ।
नेपालगन्जको भेरी अंचल अस्पतालमा दर्पदंशका विरामीको उपचारमा खटिदै आएका डा.कृष्ण आचार्यले दर्पदंशलाई राज्यले जनस्वास्थ्य समस्याकै रुपमा सम्बोधन गर्नुपर्ने बताए । उनले भने–‘दर्पदंशबाट वर्षेनी १० हजारबढी सर्पदंशको शिकार हुदा १ हजार बढीले ज्यान गुमाउने गरेका छन् । यति धेरै दर्पदंशबाट प्रभावित र ज्यान गुमाउदा पनि राज्यले यसलाई जनस्वास्थ्य समस्याको रुपमा लिन नक्नु दुर्भग्य हो ।’
सर्पदंशको उपचारको लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम राज्यले निशुल्क दिए पनि उपचार पद्धती नै महंगो भएकोले सर्वसाधारणको उपचारमा पहँच नहुने उनको तर्क छ । भेरी अञ्चल अस्पतालको तथ्याङ्क अनुसार सर्पदंशका विरामीहरु प्रदेश नं. ५ को दाङ, पश्चिम रुकुम, प्यूठान, बाँके र बर्दियाका साथै कर्णाली प्रदेश र प्रदेश नं. ७ का अधिकांश विरामी उपचारका लागि आउने गरेकोे रेकर्डमा उल्लेख छ ।
‘सर्प दंशको उपचार राम्रो हुने भएकोले अधिकांश अस्पतालले भेरी अस्पतालमै रेफर गर्दै आएका छन्,’ डा. आचार्यले भने । उनले भेरी अंचल अस्पताललाई सर्प दंशको अनुसन्धान केन्द्रको रुपमा विकास गरिनु पर्ने बताए । सचेतना र सर्पबाट जोगिने उपाय तथा सर्पले टोेकेको खण्डमा गरिने प्राथमिक उपचारका बारेमा जानकारी नहुँदा धेरैले अकालमा ज्यान गुमाउने गरेको बताउँदै उनले सचेतना अभियान जरुरी भएको औँल्याए ।
उनले सर्प दंश जनस्वास्थ्य समस्या भए पनि राज्यले बेवास्ता गरेको बताए । हरेक बर्ष एक हजारको ज्यान जाने समस्या प्रति राज्यको दृष्टि पुग्न नसकेको बताए । ‘सामान्य रोगलाई पनि जनस्वास्थ्य समस्याको रुपमा लिने सरकारले एक हजार जनाको ज्यान लिने समस्यालाई नजर अन्दाज गरेको जस्तो लाग्छ,’ डा. आचार्यले भने ।
सर्प दंशलाई राज्यले जनस्वास्थ्य समस्याको रुपमा नलिएका कारण सर्वसाधारण मर्कामा परेका छन् । विषालु सर्पले टोकेका विरामीलाई पूर्ण रुपमा निको बनाउन १० भाइल एन्टी स्नेक भेनम आवश्यक पर्छ । एक भाइल औषधिको दुई हजार रुपैयाँ पर्छ । राज्यले १० भाइल औषधि निशुल्क दिँदै आएको छ ।
तर, विरामीलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएकोले महंगो हुने गरेको छ । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएमा विरामीलाई दैनिक कम्तिमा पाँच हजार रुपैयाँ थप भार ब्यहोर्नु पर्ने हुन्छ । विरामीलाई पूर्ण निको हुन पाँच दिन लाग्ने चिकित्सकले जनाएका छन् । ‘सरकारले दिने निशुल्क औषधि बाहेक विरामीले उपचारमा कम्तिमा ३० हजार रुपैयाँ ब्यहोर्नु पर्ने हुन्छ,’ डा. आचार्यले भने ।
बाँकेमा मात्र यो वर्ष सर्पको डसाईबाट नौ जनाको मृत्यू भएको छ भने करिव ८० जना सर्पदंशका शिकार भईसकेका छन् । उनले उपचारमा लापरवाही गरेका कारण बाँकेमा हालसम्म ९ जनाको मृत्यू भइसकेको बताए । उपचारका लागि ल्याउँदै गरेका ८ जनाको र एक जनाको उपचारका क्रममा मृत्यू भएको डा. आचार्यले बताए । ‘परिवारको हेलचक्र्याई र लापरवाही सर्पले टोकेका विरामीको मृत्यूको कारण बन्ने गरेको छ,’ उनले भने, ‘बाटोमै मृत्यू भएका आठ जनालाई अस्पताल ल्याइएको थियो ।’

Next Post

घुससहित डुडुवाका ईञ्जिनियर अख्तियारको फन्दामा

२२ असार २०७५, शुक्रबार १९:५३
सदरलाइनडटकम नेपालगन्ज  : अख्तियार दुरुपयोग अनुसंधान आयोग, कोहलपुरले सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा डुडुवा गाउपालिकाका ईञ्जिनियरलाई नियन्त्रणमा लिएर अनुंसन्धान सुरु गरेको छ । कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा डुडुवा गाउपालिकाका ईञ्जिनियर तेजनारायण खड्कालाई सेवाग्राहीसंग १ लाख घुस लिदै गरेको अवस्थामा नेपालगन्जको बिपीचोकमा रहेको दंगाली केसी मम रेष्टुरेन्टबाट […]