निर्धारित समय मै बाँकेलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिने

७ पुष २०७३, बिहीबार १२:२३
 

सदरलाइनडटकम 
७ पुस, नेपालगन्ज : बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले आगामी फागुन महिना भित्र बाँकेलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नको लागि सबैको हातेमालो आवश्यक रहेको औल्याएका छन् ।  जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति बाँकेको बैठकलाई सम्बोधन गर्दै उनले जिल्लालाई खुला दिसामुक्त बनाउनले अभियानलाई सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने बेला आएको बताए ।
जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नेै पर्ने दिन नजिकीदै गर्दा अभियानको बाधकको रुपमा नेपालगन्ज उप–महानगरपालिका बाधक बन्ने देखिएको बेलामा स्थानीय विकास अधिकारी प्याकुरेलले सबैक्षेत्रबाट अग्रसरता देखिए निर्धारित सयममै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने तयारी तीब्र रुपले अघि बढाईने बताए । उनले तत्काल कार्ययोजना बनाएर नेपालगन्ज उप–महानगरपालिकाले १७ वटै वडामा खटिनको लागि जिल्ला समन्वय समितिबाट निदेशन समेत दिएको जानकारी दिए ।
बाँकेका ३३ गाविस एक उप–महानगरपालिका र कोहलपुर नगरपालिका मध्ये ६ गाविस र नेपालगन्ज उप–महानगरपालिकाको १७ वटा वडा अझै खुला दिसामुक्त हुन बाँकी छ । नगरमा रहेका २४ हजार ९ सय ९८ घरधुरी मध्ये करिव ६५ प्रतिशत मात्रै घरधुरीमा चर्पि निर्माण भएको छ ।
खुला दिसामुक्त गाविस घोषणा हुन बाँकी रहेको ६ गाविसमा माघको पहिलो हप्ता भित्र सम्पूर्ण तयारी पुरा गरी घोषणाको मिति तोक्ने जिम्मेवारी गाविसलाई नै दिने निर्णय भएको खानेपानी तथा सरसफाई जिल्ला डिभिजिनल ईञ्जिनियर राजकुमार चौधरीले जानकारी दिए ।
उनले बाँकेका होलिया, बेतहनी, बनकट्टी, साईगाउ, बेलहरी र रनियापुर गाविस खुला दिसामुक्त गाविस घोषणा गर्न बाँकी रहेको बताए । ‘जटिलता गाविसमा छ भनेको नगरपालिकामा पो देखियो सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नु प¥यो’–उनले भने ।
बाँकेको रनियापुर गाविसको १ हजार ३ सय १५ घरधुरी मध्ये १ हजार २ सय ५५ घरमा चर्पि भएको बाँकी ६० मा ४९ निर्माणधिन रहेको र ११ घरधुरीले बनाउनै नसक्ने अवस्थाको जानकारी आएको सो गाविस सचिव कृष्णबहादुर विष्टले जानकारी दिए । यसैगरी बेलहरीमा रहेका ९ सय ७७ घरधुरी मध्य ८ सय घरमा चर्पी निर्माण भएको १ सय ७७ घरधुरीमा चर्पि नभएको, साईगाउ गाविसमा ९ सय ४४ घरधुरीमा १ सय ९८ घरधुरीमा चर्पी नभएको जानकारीमा आएको छ ।
होलिया १ हजार १ सय ४० घरधुरी मध्य ५ सय ५५ मा चर्पी निर्माण भएको छ भने बाँकी बाढी तथा प्रकोपको कारणले बनाउन कठिन भएको जानकारी आएको छ ।, बेतहनीमा रहेका १ हजार ६ सय ४६ घरधुरीमा १ हजार ५५ घरमा मात्र चर्पी बनेको र बनकट्टी गाविसको १ हजार ५६ घरधुरीमा ८ सय ७६ चर्पी बनेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका सरसफाई फोकलपर्सन ओबीराज अचार्यले आफुलाई अभियान सञ्चालन गर्दा विभिन्न खालका धम्की आएको कारण नेपालगन्ज खुला दिसामुक्त अभियान स्थगित गर्नुपरेको बताए । उनले भने–‘ अभियान सञ्चालनका क्रममा विभिन्न खालका धम्की आयो र त्यो समयमा कार्यालयमा लामोसमय कार्यकारी नहुँदा पनि अभियान प्रभावित भएकोले सबैको सहयोग पाएमा अव भने सुचारु हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिन्दुलाई भोटिङ्ग गरी ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउन अपिल

७ पुष २०७३, बिहीबार १२:२३
सदरलाइनडटकम    ८ पुस, नेपालगन्ज : महिला तथा बालबालिका कार्यालय बाँकेमा विगत १३ वर्षदेखि महिला विकास निरिक्षकको रुपमा कर्यरत रहेकी बिन्दु कुँवर ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को टपफाईभ भित्र पर्न सफल भएकी छन् । लैङ्गिक हिंसा विरुद्ध होस वा घरेलुहिंसाका विरुद्ध आफुलाई खरो रुपमा प्रस्तुत हुदै पीडितलाई न्याय तथा उपचारको क्षेत्रमा अहोरात्र […]