बाँकेमा शुक्रवार राती थपिए १४ संक्रमित

सदरलाइन संवाददाता १० आश्विन २०७७, शनिबार ०८:५१
 

नेपालगञ्ज : बाँकेका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार राती आएको रिपोर्टअनुसार भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा ४ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा ५ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परीक्षणमा ५ गरी बाँकेका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि शुक्रवार दिउँसो भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा बाँकेमा १० जना कोरोना संक्रमित थपिएका थिए । योसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ७४ पुगेको छ ।

Next Post

बाँकेबाट एकैदिन ५० जना डिस्चार्ज

१० आश्विन २०७७, शनिबार ०८:५१
नेपालगञ्ज : बाँकेमा शनिवार एकैदिन ५० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । भूमिसुधार तथा मालपोत कार्यालयका लेखा अधिकृतसहित ५० जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । उनिहरु भदौ २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा बस्दै आएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ […]