सदरलाइनडटकम,
नेपालगञ्ज : सामथ्र्य नेपालले युवालाई लक्षित गर्दै आगामी जेठमा ‘युथ आइकन’ गर्ने भएको छ । स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक तथा पत्रकारिता, व्यवस्थापन, कला, राजनीति सहित अन्य विभिन्न विधालाई समेटेर आगामी जेठ ६, ७ र ८ गते उक्त युथ आइकनको अडिसन गर्न लागिएको सामथ्र्य नेपालका निर्देशक बसन्त बस्नेतले जानकारी दिए ।
निर्देशक बस्नेतले अडिसन नेपालगञ्जको होटल रोयल बाँके, खजुरामा ज्ञानेदय नमुना मावि र कोहलपुरमा इम्रराल्ड कलेजमा हुने जानकारी दिए ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
उनले जेठ १० गते उद्घाटन, जेठ ११ गतेदेखि प्रशिक्षण, जेठ २४, २५ र २६ गते सेमिफाइनल र असार १ गते ग्राण्डफाइनल हुने बताए । पछिल्लो पुस्ताले लागूऔषध र कुलतमा फसेर आफ्नो जीवन बर्बाद गरिरहेका बेला बाँकेका युवाहरुको समूह सामर्थ्य नेपालले उदाहरणीय काम गर्न थालेको भन्दै जय बागेश्वरी विद्या निकेतनका प्रचार्य प्रशान्त कुमार चौबेले सामथ्र्य नेपाललाई पुर्णरुपमा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
युथ आइकन २०२० को सह आयोजकको रुपमा नेपालगन्ज जुनियर जेसिज र कोहलपुर जुनियर जेसिज रहेका छन । यातायात सहयोगीको रुपमा भेरी यातायात प्रालि, मिडिया पार्टनरको रुपमा हाम्रो समाचार दैनिक, रेडियो मर्निङ स्टार र अर्थपेज डटकम, प्राविधिक सहयोगीको रुपमा निन्जा इन्फोसिस, हस्पीट्यालिटी पार्टनरको रुपमा होटल रोयल बाँके रहेका छन् ।