पेट्रोलियम पदार्थमा मूल्यबृद्धिविरुद्ध नेपाल बन्दको घोषणा

सदरलाइन संवाददाता २५ कार्तिक २०७८, बिहीबार १३:३५
 

नेपालगञ्ज : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पेट्रोलियम पदार्थको मूल्य बढेकोप्रति विरोधका कार्यक्रम सार्वजनिक गर्दै नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीका महासचिव विप्लवले बिहीवार एक वक्तव्य जारी गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा बिरोध गर्दै संघर्षका कार्यक्रमको घोषणा गर्नुभएको हो ।

कार्तिक २५ गतेदेखि कार्तिक ३० गतेसम्म संघर्षका कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


कार्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कार्तिक २६ गते साँझ मसाल जुलुस, कार्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, कार्तिक २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

बुधवार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरामा दुई पुरूष मृत भेटिए

२५ कार्तिक २०७८, बिहीबार १३:३५
बाजुरा : बाजुराको छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् । चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

सम्बन्धित