बिन्दुलाई भोटिङ्ग गरी ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउन अपिल

८ पुष २०७३, शुक्रबार ११:५९
 

सदरलाइनडटकम   
८ पुस, नेपालगन्ज : महिला तथा बालबालिका कार्यालय बाँकेमा विगत १३ वर्षदेखि महिला विकास निरिक्षकको रुपमा कर्यरत रहेकी बिन्दु कुँवर ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को टपफाईभ भित्र पर्न सफल भएकी छन् । लैङ्गिक हिंसा विरुद्ध होस वा घरेलुहिंसाका विरुद्ध आफुलाई खरो रुपमा प्रस्तुत हुदै पीडितलाई न्याय तथा उपचारको क्षेत्रमा अहोरात्र खटिएर सेवा दिदै आएकी कुँवर हाल महिला विकास निरिक्षकको रुपमा महिला तथा बालबालिका कार्यालय जुम्लामा कार्यरत छन् ।
निजामती सरकारी कर्मचारीका बीचबाट आफ्नो कार्य क्षेत्रमा निर्वाह गरेको भूमिकाको मुल्याङ्कन गर्दै छनौट गरी उनीहरुका बिचबाट ईन्टीग्रेटीआईडल नेपाल–२०७३ घोषणा गरिने कार्यक्रममा उनी छनौटमा परेर पनि टप फाईभमा परेकी छन् ।
उनले महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक तथा पीडित पुरुषको लागि आफ्नो कार्यक्षेत्रमा पु¥याएको योगदानको उचित कदरको लागि उनलाई ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउनको लागि अनलाईन वा एसएमएसबाट भोटिङ्ग समेत गर्न सकिने भएको छ ।
बिन्दुलाई ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउनको लागि आफ्नो मोबाईल सेटको म्यासेज बक्समा गएर IIN स्पेस ०२ थिचेर ३४००१ मा पठाउन सकिने छ । वा अनलाईनमा www.integrityidol.org पुगेर भोटिङ्ग गर्न सकिन्छ ।
बिन्दुलाई भोटिङ्गको लागि मिति २०७३/९/७ गते 22 nd December 2016 साँझ ६ बजे देखि मिति २०७३/९/१६ 30th December 2016 राति १२ बजे सम्म भोटिङ्ग लाईन खुला रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक सामाग्री र खाद्यान वितरण

८ पुष २०७३, शुक्रबार ११:५९
सदरलाइनडटकम    ८  पुस , नेपालगन्ज  : पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एचआईभी संक्रमित बालबालिकाहरुलाई शैक्षिक सामाग्री लगायतको सहयोग गरेको छ ।सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एसडिएफ बाँके र सहकारी संस्थाको साझेदारीमा संचालित बाल अनुदान कोषको माध्यमबाट एचआईभी संक्रमित ७ जना बालबालिकालाई सहयोग गरिएको हो । फत्तेपुरका ३, नौवस्ताका–१, बेलहरीका–१, चिसापानीका–१, […]

सम्बन्धित