मध्यपश्चिम क्लब र न्यु बागेश्वरी स्कुल बिजयी

१२ मंसिर २०७३, आईतवार १३:२३
 

सदरलाइनडटकम, unnamed-1
१२ मंसिर, नेपालगन्ज : नेपालगन्जमा जारी बिशाली साईकल कप अण्डर–सिक्सटिन टी–ट्वेन्टी क्रिकेटको आईतबार भएको खेलमा मध्यपश्चिम क्लब र न्यु बागेश्वरी स्कुल बिजयी भएका छन् । पहिलो खेलमा मध्यपश्चिमले सगरमाथालाई १ विकेटले पराजित गर्न सफल भयो । पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको सगरमाथाले १५ ओभरमा सम्पुर्ण १० विकेट गुमाई ९५ रन बनाएको थियो । जसमा सतीस डीसीले ३९ र असमित मल्लले २० रनको योगदान दिएका थिए । मध्यपश्चिमका बलर प्रतिक गिरी र भरत थापाले ३/३ बिकेट लिए ।
९६ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको मध्यपश्चिम १३ दशमलव ३ ओभरमा ९ बिकेट गुमाई ९६ रन बनाउँदै बिजयी भएको थियो । मध्यपश्चिमका शिव डाँगीले १६ र प्रवीन बमले १४ रनको योगदान दिएका थिए । खेलमा सगरमाथाका बलर असमित मल्लले ३ र शाहिल अन्सारीले २ विकेट लिए ।
त्यस्तै दोश्रो खेलमा न्यु बागेश्वरीले गोरखा यूनाईटेडलाई ६३ रनले पराजित गर्दै बिजयी भयो । पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको न्यू बागेश्वरीले १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । जसमा पवन अजित रुचलले ६५, बिशाल पौडेलले ३५ र पवन मल्लले १४ रनको योगदान दिएका थिए । गोरखाका बिप्लप भुजेलले ३ र डम्मर खड्काले १ विकेट लिए ।
१ सय ४५ रनको विशाल लक्ष्य लिएर दोश्रो पारीमा मैदान छिरेको गोरखा यूनाईटेडले ११ दशमलव ३ ओभरमा सबै विकेट गुमाई ८१ रनमा सिमित भए पछि भारी अन्तरले पराजय स्वीकार्न बाध्य भयो । गोरखाका पवन शाहीले २०, सुर्य जीसीले १५ र विप्लप भुजेलले १४ रन बनाएका थिए । न्यु बागेश्वरीका नमराज रिजालले ३ र बिशाल पौडेलले २ विकेट लिए ।
पहिलो खेलमा म्यान अफ दी म्याच असमित मल्ल र दोस्रो खेलमा बिशाल पौडेल घोषित भएका थिए । सोमबारको पहिलो खेल विहान ८ बजे होलील्याण्ड उच्च मावि विरुद्ध सनवीम स्कुल र दोस्रो खेल दिउँसो १ बजे यूनाईटेड एकेडेमी विरुद्ध एबीसी रेसिडेन्टल स्कुल बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
रोयल क्लब नेपालगंजको आयोजना तथा बिशाली साईकलको प्रायोजनमा १० दिन सम्म संचालन हुने प्रतियोगिता नकआउट प्रणालीमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधी जित्ने टीमलाई नगद १० हजार र उपबिजेतालाई ५ हजार रुपिया प्रदान गरिेने आयोजक समितिका सचिव जमील अन्सारीले जानकारी दिए ।


unnamed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले संविधान संशोधनको ड्राफ्ट पठाएको छैन : महन्थ ठाकुर

१२ मंसिर २०७३, आईतवार १३:२३
सदरलाइनडटकम,   १३ मंसिर, नेपालगन्ज: तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनको आधिकारिक ड्राफ्ट आफुहरुलाई उपलब्ध नगराएको बताएका छन् । अवधी पत्रकार संघ नेपालले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन । उनले सरकारले संविधान संशोधनको लागि मोर्चासंग गरेको सहमती कार्यान्वयनको लागि अन्तिमपटक भनी मागेको समय सिमा […]