एशिया कप छनोटमा नेपालको दोस्रो जीत, सिंगापुर चार विकेटले पराजित

१७ भाद्र २०७५, आईतवार १६:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : एशिया कप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित युकेएम ओभल मैदानमा आइतवार भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले पछि पार्दै दोस्रो जीत हात पारेको हो ।
सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालका लागि ओपनर अनिल कुमार शाहले ४३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३३ तथा ज्ञानेन्द्र मल्लले २९ रनको बनाएका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भएको थियो । सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक जोडेका थिए । सुरुवात राम्रो गर्न नसकेको सिंगापुरविरुद्ध नेपाली बलर हावी भएका थिए ।

Next Post

सोमालियामा विष्फोट हुँदा तीनको मृत्यु, चौध घाईते

१७ भाद्र २०७५, आईतवार १६:२४
सदरलाइनडटकम, काठमाण्डौ : सोमालियाको राजधानी मोगादिसुमा आत्मघाती विष्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । मोगादिसुको हाउल्वादागमा सरकारी कार्यालयलाई लक्षित गरी गराइएको विष्फोटमा धेरै घरमा क्षति पुगेको छ । सोमालियामा सक्रिय रहेको विद्रोही समूह अल सबाबले दशकौंदेखि आत्मघाती विष्फोट गराउँदै आएपछि उक्त विष्फोटको जिम्मा अहिलेसम्म […]

सम्बन्धित