एचसिआरसी कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

१७ पुष २०७४, सोमबार १७:५२
 

सदरलाइनडटकम  
१७ पुस, नेपालगन्ज : नेपालगन्जमा आगमी पुस २५ गतेदेखि २७ गतेसम्म एचसिआरसी कप व्याडमिन्टन प्रतियोगिता बाँकेमा हुने भएको छ । आयोजकका तर्फबाट सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.कुमार शान शाहले स्वास्थ्य सेवासंगै सकारात्मक सामाजिक विकासको लागि खेलकुदको क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रत्येक वर्ष व्याडमिन्ट प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।
सेवा नै धर्मको नारासहित स्वास्थ्य सेवामा समर्पित रहेको एचसिआरसी हस्पिटलको आयोजनामा हुन लागेको ‘एचसिआरसी कप ब्याडमिन्टन प्रतियोगिता’ मा प्रथम, द्वितिय र तृतियलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको रहेको बताईएको छ ।
अस्पतालका सञ्चालक डा. शाहले यस प्रतियोगितालाई क्षेत्र प्रादेस हुदै राष्ट्रियस्तरको प्रतियोगितको रुपमा स्थापित गर्ने आयोजकले योजना बनाएको समेत जानकारी दिए । खेलमा जुनियर अण्डर १३ महिला पुरुष र जुनियर १६ महिला पुरुष तथा खुल्ला डबलका ५ इभेन्टका खेलहरुको आयोजना गरिने आयोजकले जनाएको छ ।

Next Post

करिव दुई सयले परिवार नियोजनबाट सुरक्षित गर्भपतन सेवा लिए

१७ पुष २०७४, सोमबार १७:५२
सदरलाइनडटकम १७ पुस, नेपालगन्ज : बाँकेमा परिवार नियोजन संघबाट सुरक्षित गर्भपतन गराउनेको संख्या करिव दुईसय पुगेको छ । नेपाल परिवार नियोजन संघ बाँके शाखाबाट वितेको एक वर्षमा १ सय ९१ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन । संघका बरिष्ठ शाखा प्रबन्धक हरीबहादुर विष्टले संघमा आएर सुरक्षित गर्भपतन गराउनेहरु १८ देखि […]