‘नागरिक र प्रहरीको सहकार्यले मात्र अपराध निर्मूल पार्न सकिन्छ’

१२ मंसिर २०७३, आईतवार १२:३१
 

 unnamed-2 सदरलाइनडटकम,
१२ मंसिर, नेपालगन्ज : अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक धिरु बस्न्यातले नागरिक र प्रहरीको सहकार्यले मात्र अपराध निर्मूल पार्न सकिने बताएका छन् । उनले अपराध र अपराधीको कुनै देश, जाती, धर्म नभएको बताउदै नागरिक प्रहरीबीच सहकार्य आवश्यक रहेको समेत औल्याए ।
ईलाका प्रहरी कार्यालय हिरमिनियाको आयोजनामा आईतबार बाँकेको हिरमिनियामा गरिएको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै प्रहरी बरिष्ठ उपरीक्षक बस्न्यातले अपराधीले स्वार्थसिद्धीका लागि मात्र काम गर्ने गरेको भन्दै त्यस्तो अपराधीलाई अब सचेत हुन सुझाव समेत दिए ।
प्रहरी बरिष्ठ उपरीक्षक बस्न्यातले भने–‘आफ्नो स्वार्थको लागि कामगर्ने माछारुपी तस्करहरुलाई पाखा लगाउने गरी पोखरीमा बल्छी हान्न र उनीहरुलाई कानूनको दायरामा ल्याउन म मातहतका निकायलाई कडा निर्देशन दिन चाहाँछु ।’
जेष्ठ नागरिक लिलादेवी थापाunnamed-233को अध्यक्षतामा भएको कार्यक्रममा उनले तस्करहरुको सम्पूर्ण जानकारी आफुहरुसँग भएको भन्दै छानीछानी कारबाही गरिने चेतावनी दिए । स्थानीयले विभिन्न गुनासा राखेको कार्यक्रममा भ्रष्टाचार, तस्करी र अव्यवहार देश र समाजको भाइरस भएको जिकिर गर्दै एसएसपी बस्न्यातले त्यस्ता व्याक्टिरिया र भाइरसलाई ठाउँमा लगाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे ।
नेपालको प्रहरी सर्वोत्कृष्ट रहेको बताउँदै उनले १ सय ३२ वटा कानुन नेपाल प्रहरीसँग रहेकोले सुचना दिएर अपराध नियन्त्रणमा सहयोग
पु¥याउन सबैसंग आग्रह गरे ।
नागरिक सुनुवाई कार्यक्रममा बोल्दै बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले वारीको सामान पारी र पारीको वारी गर्ने व्यक्ति असल नागरिक नभएको औल्याए । उनले धार्मिक विविधताको एकताको प्रतिक रहेको नेपालमा कसैले पनि धम्क्याउने, अनावश्यक चन्दा माग्ने, आपराधिक गतिविधि गर्नेहरुको सुचना दिन आग्रह गर्दै त्यस्ता व्यक्तिलाई २४ घण्टाभित्र कानुनको कटघरामा उभ्याइने प्रतिबद्धता जनाए ।
उनले विभिन्न अपराधमा संलग्नहरुको सूचना पाउने निकाय भनेको नागरिक नै भएको उल्लेख गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्नको लगि प्रहरीले प्रहरी मेरो साथीको अवधारणा ल्याएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बाँकेका सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारी, बीओपी कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवर, ईप्रका हिरमिनियाका ईञ्चार्ज प्रहरी नायब निरीक्षक देवबहादुर खडका, विभिन्न राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवि, स्थानीयहरुको उपस्थिती रहेको थियो ।


unnamed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका दुई गाविस र नेपालगन्जको एक वडामा हैजाबिरुद्धको खोप खुवाईदै

१२ मंसिर २०७३, आईतवार १२:३१
 सदरलाइनडटकम, १२ मंसिर, नेपालगन्ज : बाँकेका दुई गाविस र नेपालगन्ज उपमहानगरपलिाकाको एक वार्डमा मा हैजा विरुद्धको खोप खुवाईने भएको छ । यो अभियानलाई प्रभावकारी र सफल बनाउन धर्मगुरु तथा नागरिक अगुवासंग सहकार्य गरिने भएको छ । आगामी मंसिर १४ गतेदेखि १८ गतेसम्म बाँकेको उढरापुर, सोनपुर र नेपालगन्जको ५ नं. वडामा […]

सम्बन्धित