वर्तमान सरकार लोकतन्त्रवादी : प्रधानमन्त्री ओली

८ फाल्गुन २०७५, बुधबार १५:३१
 

सदरलाइनडटकम,
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अधिनायकवादी नभई अधिकतम लोकतन्त्रवादी भएको बताएका छन् । वर्तमान सरकार अधिनायकवाद उन्मुख भएको आरोप लागिरहेका बेला सुदूपश्चिम प्रदेशसभालाई बुधवार सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका कम्युनिष्ट उदारवादी रहेको दाबी गरे ।
सम्वोधनका क्रममा उनले ५ वटा विषयमा सरकारले कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाए । राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र समानता, स्थायित्व र स्थिरता तथा सुशासन र विकासका विषयमा सरकारले कसैसँग कुनै समझदारी नगर्ने उनको भनाई थियो । प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि पहिलो पटक सुदूरपश्चिमको भ्रमणमा पुगेका ओलीले प्रदेशमा कायम स्रोत साधनको प्रयोग गरी विकास निर्माणको जग बसाउन जनप्रतिनिधीलाई निर्देशन दिए ।
जनप्रतिनिधीहरुलाई विकासको नायक र अभियन्ताको संज्ञा दिँदै उनले विकास निर्माणको क्षेत्र पहिचान गरी कार्यान्वयनमा ल्याउनु जरुरी रहेको उल्लेख गरे । दुरदराजमा रहेका वस्ती विकासको बाधक रहेको बताउदै प्रधानमन्त्री ओलीले ती वस्तीको उचित व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए ।

Next Post

युवा गायक सम्पथको गीत बजारमा

८ फाल्गुन २०७५, बुधबार १५:३१
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो समय गीत संगीतको बजार पहिलेको भन्दा फरक छ । केहि दशकयताको अवस्थामा गीत संगीतमा धेरै फेरबदल हुँदै आएको छ । अत्याधुनिक रेकर्डिङ स्टुडियो, सामग्री, नयाँ प्रविधि र गीत संगीतमा विभिन्न प्रयोगहरुले गर्दा पनि फरकपना आएको छ । तर पनि कतिपय अवस्थामा गीत संगीतको मर्म नबुझेर रेकर्डिङ […]