डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

सदरलाइन संवाददाता २ आश्विन २०७९, आईतवार १६:३६
 

नेपालगञ्ज : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत सोमबारदेखि धनगढीमा २०औं पटकको अनशन बसेका केसीको अवस्था बिग्रिएपछि केसीलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

हाल उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार केसीले मुखबाट पानी र नशाबाट रिङगर नदिन लिखित रुपमै भनेकाले पोषण तत्व शरिरमा कमी भएको छ ।


अस्पतालले केसीको टाउको दुख्ने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौ दिनसम्ममा २ केजी तौल घटेको जानकारी गराएको छ ।

केसीको हाल अस्पतालमा चिकित्सकहरुको उच्च निगरानीमा राखी उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संबिधान दिवसका अवसरमा नरैनापुरमा बृक्षारोपण

२ आश्विन २०७९, आईतवार १६:३६
नेपालगञ्ज : संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाई तथा बृक्षारोपण गरेको छ । मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा नरैनापुर […]