राप्तीसोनारी ७ का खेलाडी उत्साहित

सदरलाइन संवाददाता ७ पुष २०८०, शनिबार १७:३९
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामग्री बितरण गरिएको छ ।

अमेरिकामा बस्दै आउनु भएका नेपालगञ्ज निवासी राजा खानको सहयोगमा उक्त खेल मैदानमा धारासंगै मोटरसहित पानी ट्यांकी जडान गरिएको छ । भने आजै उक्त धाराको समेत रिबन काटेर उदघाटन गरिएको छ ।

राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलकुद सामाग्री बितरण गरिएको बताए । उनले राप्ती सोनारी ७ मा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानलाई अत्यधुनिक बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा बोल्दै राप्ती सोनारी ७ का अध्यक्ष थारुले खेल सामग्रीको अभावमा खेल्दै आएका खेलाडीहरुलाई राजा खानले खेल सामाग्री र पोशाक दिईएपछि उत्साहित भएका हुन् ।


सामग्री हस्तान्तरण गर्दै राजा खानले शहिद स्वर्गिय दल बहादुर घर्तिमगर खेल मैदानमा नियमित अभ्यास गरिएका खेलाडीहरुलाई अभ्यास सहज गराउनका लागि कमल पुनलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।

टोल विकास समितिका अध्यक्ष समेत रहेका खेलाडी कमल पुनका अनुसार बजेट अभावका सम्भावना बोकेका धेरै खेलहरु प्रशिक्षण तथा खेल सामाग्रीहरु किन्न सकिएको छैन् । उनले भने, राजा खान मार्फत खेलाडीहरुका लागि सामाग्री तथा आवश्यक ब्यवस्थापनमा पहल हुनेछ भन्ने विश्वास लिएका छौ ।

कार्यक्रममा बोल्दै स्मार्ट टोल विकास समितिका अध्यक्ष कालुराम थारुले खेल मैदानमा पानीको व्यवस्था भएको प्रति खुशि व्यक्त गर्दै खेलाडीका लागि मात्र नभई सडकमा यात्रा गर्ने यात्रीहरुका लागि समेत सहज हुने बताउँदै उनले भने, राजा खानले राप्ती सोनारी ७ नं वडा लाई खेलकुदका माध्यमबाट चिनाउन सहज होस भन्ने उद्देश्यले ४० थान पोशाक, भलिबल, फुटबल र ब्याटमिन्टन बितरण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके र बर्दियाका व्यापारीले गरे विरोध सभा

७ पुष २०८०, शनिबार १७:३९
नेपालगञ्ज : बाँके र बर्दियाका व्यापारीले व्यवसायिक विरोध सभा गरेका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघ तथा व्यवसाय तथा व्यवसायिक उत्थान संघर्ष समिति, बाँके एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके÷बर्दियाको आयोजनामा नेपालगञ्जको धम्बोझीचोकमा विरोध सभा गरिएको हो । ‘धेरै पटक अरुका लागि लड्यौ, एक पटक आफ्ना लागि लडौं’ […]