बाँकेमा दिनहुँ बढ्दै डेंगुका विरामी

१३ कार्तिक २०७३, शनिबार १२:४२
 

सदरलाइनडटकम, IMG_1380  
१३ कात्तिक, नेपालगन्ज : बाँकेमा दिनहुँ डेंगुका विरामी भेटिने गरेको छन् । नेपालगन्जमा रहेका विभिन्न अस्पताल तथा प्राईभेट क्लिनिकहरुमा दिनहुँ जसो डेंगुका नयाँ विरामीहरु आउने गरेको जानकारीमा आएको छ । अस्पतालमा आउने अधिकांश डेंगुका विरामीहरु भारतका विभिन्न शहर पुगेर आएका नै भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
भेरी अञ्चल अस्पतालमा शनिबार साँझसम्म डेंगुका ६ जना विरामी उपचारको लागि भर्ना भएको अस्पतालका फिजिसियन डा. राजन पाण्डेले जानकारी दिए । अस्पतालमा उपचारको लागि भर्ना भएका विरामी मध्ये दाङ्ग लमहीको एक जना, नेपालगन्ज–७, बर्दिया सानोश्रीको बच्चा, नेपालगन्ज–१६ को युवक रहेका छन् । नेपालगन्ज–७ फुलटेक्राको एक बिरामी भने नियमित चिकित्सकको निगरानीमा रहने गरी घरमै बसेर उपचार गराउदै आएकोमा उनी थपउपचारको लागि भारतको लखनउ रिफर भएको जानकारीमा आएको छ ।
डा.पाण्डेले अस्पतालले डेंगुका विरामी क्रमशः बढ्न थालेपछि करिव १२ विरामी अटाउने छुट्ट्रै सेल तयार गरी उनीहरुको उपचार सुरु गरिएको जानकारी दिए । उनले डेंगुका कारण अति नै ग्रसित तथा सिरीयस रक्त कोष अति नै कम भएका विरामी आईहालेमा विरामीको उपचारमा आवश्य पर्ने रक्तकोष छुट्टयाउने मेसिन विग्रिएकोले रक्तकोष चढाउन पर्ने विरामीको उपचार कठिन भएको बताए । रक्तसंचार केन्द्रमा रहेको रक्तकोष छुट्टयाउने मिसिन गत भदौदेखि विग्रेर थन्केको छ ।

IMG_1367
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पनि डेंगुको लक्षण भएका विरामीहरु दिनहुँ जसो आउने गरेको अस्पतालका फिजिसियन डा.आसिम किडवाईले जानकारी दिए । उनले दिएको जानकारी अनुसार सो अस्पतालमा डेंगुबाट प्रभावित विरामी नियमित २५–३० जना आउने गरेका छन् । उनले अस्पतालको केही क्याबिनलाई आईसोलेट गरेर उपचार सुरु गरेको जानकारी दिए । शनिबार साँझसम्म दुई बच्चा समेत गरी ९ जना डेंगुका विरामी मेडिकल कलेज नेपालगन्जको अस्पताल भर्ना भएका छन । विरामी उपचारको लागि आउने र जाने क्रम जारी रहेको उनले बताए ।


IMG_1376
उनले भने–‘ शनिबार साँझ मेरो क्लिनिकमा आएका बिरामी मध्ये २ जनामा डेंगुको लक्षण देखिएको छ, यसैगरी शुक्रबार ३ जना विरामी आएका थिए ।’ उनले अस्पतालमा आउने डेंगुका विरामीलाई चढाउनु पर्ने रक्तकोष (प्लेटलेटस) को अभाव भएको कारणले पनि अधिकांश विरामीहरुलाई बुटवल तथा अनेत्र रिफर गरिएको जानकारी दिए ।
उनले अधिकांश विरामी भारत गएर आएका वा काम विषेशले आउने जाने गर्नेहरु रहेको पाएको जानकारी दिए । उनले भने–‘ सिमा पारी रुपैडिहाका एकै परिवारका १० जनामा देखियो उनीहरुलाई यहाँ रक्तकोष चढाउन असंभव भए पछि रेफर गरिएको छ ।’
उनले कात्तिक लागे यता अस्पतालमा आएका सिरियस विरामी जो ज्वरो आएको, शरिरमा राता विविरा देखिएका, विभिन्न भागमा रगतको जमेको जस्तो लक्षण भएका २–३ जनाको मृत्यु भएको समेत जानकारी दिए । उनले भने–‘अस्पतालमा आएका विरामी मध्ये ३ जनाको क्लिनिकल डाईगोनोसि र ल्याबको रिर्पोट नआउदै मृत्यु भएको हो । उनीहरुमा डेंगु कै लक्षण देखिएको थियो ।’ अस्पतालका अर्का फिजिसियन डा प्रकाश नागले शनिबार आफ्नो क्लिनिकमा आएको एक विरामीमा डेंगुको विरामी रहेको जानकारी दिए ।
सोही अस्पतालका बालरोग विषशज्ञ डा. शकिल अहेमदले बच्चाहरुमा समेत यो रोगको संक्रमण देखिएको बताए । उनले शनिबार डेढ वर्षदेखि १४ वर्षसम्मका २ जना बालबालिकामा डेगुको परिक्षण गर्दा नतिजा पोजेटिभ आएको जानकारी दिए ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले डेंगुको कारण मृत्यु भएको भन्ने कार्यालयलाई जानकारी नभएको बताए । उनले भेरी अञ्चल अस्पतालमा छुट्टै सेल खडा गरेर उपचार सुरु गरेको बताए । उनले डेंगु रोग फैलाउने लामखुट्टेका लार्भाको खोजि गरी नष्ट गर्न थालिएको जानकारी दिए । डेंगुका बिरामीहरु दिनहुँ जसो बढ्दा रक्तसञ्चार केन्द्रमा रक्तकोष छुट्टयाउने मेसिन बिग्रदा उपचारमा कठिनाई भएको चिकित्सकहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको उढरापुरमा थापाको शव भेटियो, हत्याको आशंका

१३ कार्तिक २०७३, शनिबार १२:४२
सदरलाइनडटकम.  १३ कात्तिक, नेपालगन्ज : बाँकेको उढरापुरमा एक जनाको हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको छ । उढरापुर–२ का ३८ बर्षिय प्रेमबहादुर थापाको हत्या गरेर नालामा फालिएको अवस्थामा शवं फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सरोज पौडेलका अनुसार शुक्रबार साझ उनको शवं गिजरा सामुदायिक वनको नजिक नालामा […]