दाङकी कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १८ कार्तिक २०७७, मंगलवार १६:४८
 

नेपालगञ्ज : कोरोना संक्रमित दाङकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० की ६५ वर्षीया महिलाको मंगलवार दिउँसो १ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


स्वास्थ्यमा समस्या देखिएपछि सोमवार अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

दुई करोडमा नागमणि बेच्ने तीनजना पक्राउ

१८ कार्तिक २०७७, मंगलवार १६:४८
नेपालगञ्ज : करीब दुई करोडमा बहुमूल्य नागमणि बेचेर ठगी गरेको आरोपमा बाँकेमा तीन जना पक्राउ परेका छन् । १ करोड ८९ लाख ५० हजार रुपैयाँमा नागमणि बेच्ने दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहोरा पक्राउ परेका हुन् । दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरलाई नागमणि […]