तस्करी रोक्ने मध्यपश्चिम प्रहरीको पहिलो लक्ष : डिआईजी नेपाल

१७ आश्विन २०७३, सोमबार १४:११
 

सदरलाइनडटकम 14585344_1280174405346260_2016562871_n
१७ असोज नेपालगन्ज : मध्यपश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले तस्करी मौलाउदा अपराध बढ्ने भएकोले आफुहरुको प्रमुख लक्ष तस्करी रोक्ने रहेको बताएका छन् ।मध्यपश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालयले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट तथा विजयादशमीको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले भने–‘तस्करी बढ्ने वित्तिकै त्यस क्षेत्रका आसपास अशान्ति हुने र त्यसका कारण अपराध बढ्ने भएकोले तस्करी निमूल पार्ने गरी सुरक्षा नीति बनाईएको छ ।’ डिआईजी नेपालले अगाडि भने–‘जहाँ तस्कर हुन्छ त्यहाँ अशान्ति हुने भएको कारण प्रहरीको पहिलो प्रथामिकता तस्करी समात्ने गरेको हो ।’
प्रहरीले अपराधमा संलग्न हुने व्यक्तिको हकमा शुन्य सहनशिलता साथ काम गरि रहेकोे बताए । अपराधको हकमा प्रहरीले कसैको दवावमा काम कदापी गर्न नसक्ने दावी गरे । आरआईटीका आधारमा नेपाल प्रहरीले जघन्य अपराधमा संलग्न फरार अभियुक्त १५ जिल्लाका ६ सय २५ जना व्यक्तिलाई कारवाही गरेको डिआईजी नेपालले जानकारी दिए ।
७ महिनाको विचमा नेपाल प्रहरीले आफुमा रहेको खराव आचरण सुधार्नको लागि आफ्नै संगठन भित्रैबाट शुद्धिकरण आवश्यक रहेको भन्दै विभिन्न कसुरमा दोसी भेटिएका ८७ जना प्रहरीलाई कारवाही गरेको पत्रकार भेटघाटमा जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक टेकप्रसाद राईले स्वागत गरेको कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, मध्यपश्चिमाञ्चल क्षेत्रिय प्रहरी तालिम केन्द्रका समादिक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षक दानसिंह बोहराले शुभकामना व्यक्त गर्नुको साथै धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लामा भएका अपराधका घटना तथा जानकारी वारे जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सूचना अभियन्ता तिवारी सम्मानित,कार्यालय प्रमुखसंग छलफल

१७ आश्विन २०७३, सोमबार १४:११
सदरलाइनडटकम,  १८ असोज, नेपालगन्ज : राष्ट्रिय सूचना आयोगले बाँकेमा सार्वजनिक सरोकार तथा सवालमा सूचनाकोहक प्रयोग गरी सु–सुचित गर्ने कार्यमा सक्रिय रहेका सूचना अभियन्ता अधिवक्ता विश्वजीत तिवारीलाई सम्मान गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बासकोटाले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका हुन । संिवधान र कानूनद्धारा […]