दुई प्रहरी हत्या आरोपमा व्यापारी पक्राउ

सदरलाइन संवाददाता १९ कार्तिक २०७७, बुधबार १६:५२
 

कैलाली : धनगढी उपमहानगरपालिका–१० जुगेडामा प्रहरी सहायक निरीक्षक र जवानको हत्यासंग जोडिएको मटर (केराउ)को कारोवार गर्ने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले घट्नामा पक्राउ परेकाहरुको बयानका आधारमा मटरको कारोवार गर्ने धनगढी उपमहानगरपालिका–५ का ३५ वर्षीय राजिव गुप्तालाई पक्राउ गरिएको बताए ।


धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित स्थित आदित्य टे«डिङबाट गुप्तालाई मंगलवार दिउसो दुई बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बिष्टले गुप्तामाथि घट्नाका सम्बन्धमा सोधपुछ भईरहेको बताए ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान राम बहादुर साँउदलाई मटर तस्करहरुले कार्तिक १ गते राति भारतको बनकट्टीसंग जोडिएको मोहना घाटमा हत्या गरी फालेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि ८ जनालाई पक्राउ गरिसकेको छ ।

Next Post

कञ्चनपुरबाट देशव्यापी साइकल यात्रा शुरु

१९ कार्तिक २०७७, बुधबार १६:५२
कञ्चनपुर : कञ्चनपुरबाट बुधवारदेखि देशव्यापी साइकल यात्रा शुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा दोधाराचाँदनीबाट देशव्यापी साइकल यात्रा शुरु भएको हो । यात्रामा सहभागी भरतविक्रम शाहले पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले साइकल यात्रा शुरु भएको जानकारी दिए । उनले काकडभिट्टासम्म यात्रा पुग्ने बताए ।