मुलुकको विकासमा कर्मचारीलाई निधक्क भएर लाग्न प्रधानमन्त्रीको आग्रह

१५ आश्विन २०७३, शनिबार १४:३०
 

सदरलाइनडटकम,    IMG_9877
१५ असोज, नेपालगन्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासको काममा खटिएका कर्मचारीलाई निधक्क भएर काम गर्न निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको योजनाको निर्माण स्थलगत निरिक्षण तथा अनुगमनको लागि बाँकेको सिक्टा सिचाईको मुल बाँध रहेको अगैया पुगेका उनले बाँकेका कार्यालय प्रमुख तथा कर्मचारीलाई सो निर्देशन दिएका हुन ।
उनले भने–‘ जनतासंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणको काम निर्धारित समय भित्रै पुरा गर्नुहोस तर, गुणस्तर र पारदर्शितालाई पनि ध्यान दिनुहोेस ।’ उनले राम्रो काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहान गर्ने भन्दै जनताको पक्षमा काम गर्दा नडराउन आग्रह गरे ।
बांँकेको अगैयास्थित सिक्टा सिंचाई आयोजनाको मूल बांधको निरिक्षण पश्चात बांँकेका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिंदै प्रचण्डले विकास आयोजनालाई निर्धारित समय भन्दा पहिले सम्पन्न गर्न युद्धस्तरका काम गर्नुपर्ने वताउदै त्यस्तो कामको लागि सरकारले बाताबरण दिने अवश्वासन दिदै भने–‘अव देशमा सकरात्मक कुराको मात्र प्रतिस्पर्धा हुनु पर्छ । ’
उनले सिक्टा सिंचाइको काम सन्तोषजनक भए पनि निर्धारित समयभन्दा पहिले सम्पन्न गर्न तीव्र गतिमा काम गर्नुपर्ने आफुले पाएको उल्लेख गर्दै भने–‘अहिलेसम्म मात्र ४७ प्रतिशत काम भएको छ । आगामी ४ वर्षभित्रमा यो आयोजना सक्काउनु पर्नेछ । यसको लागि छुट्टाएको २४ खर्व मध्य पैसा पनि आधामात्र सकिएको छ ।’
प्रधानमन्त्री दाहालले विकासको लागि केन्द्रको ढुकुटीमा उल्लेख्य पैसा भएपनि खर्च गर्न नसकेको कारण विकासमा पछाडि परेको बताउदै भने–‘ पैसा हुने तर खर्च नहुने परिपाटीले देश संधै पछाडी परेको भन्दै खर्चका लागि मेहनत गर्नु पैसा हामी पठाई दिन्छौ ।’राजनैतिक परिवर्तन भएपनि जनताको जीवनमा परिवर्तन हुने खालका काम गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
उनले आफ्नो सम्बोधन कै क्रममा भुकम्प पीडित सरह बाढी तथा पहिरो पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन् । राष्ट्रिय गौरवको योजनाको निर्माण स्थलगत निरिक्षण तथा अनुगमनको लागि बाँकेको सिक्टा सिचाईको मुल बाँध रहेको अगैया पुगेका उनले सो घोषणा गरेका हुन । उनले भने–‘सरकारले भुकम्प पीडितलाई दिएको जस्तै गरी उनीहरुकै बराबरको राहत यहाँका बाढी पहिरो पीडितलाई दिने घोषणा यहीबाट गर्छु ।’प्रधानमन्त्री दाहालले बाढीपीडितले कहिले सो राहत पाउने हुन भने स्पष्ट पारेनन् ।


IMG_9856
उनले संविधानको कार्यान्वयनको लागि सबैदलहरुको सहमतिमा सरकारले पहिलो चरणमा सातै प्रदेशको उच्च न्यायालयको स्थापना र केन्द्र तोक्ने काम गरेको प्रसंग उल्लेख गर्दै भने–‘सबै दलका नेताहरुको सहमतिमा उच्च न्यायालयको केन्द्र तोक्ने काम भएको हो । कही कतै असन्तुष्टि पनि देखिएका छन् विस्तारै हराउदै जान्छन ।’
दशैको वेला कालोवजारी मौलाउने भन्दै प्रधानमन्त्रीले नियन्त्रण गरि कडाइका साथ जनताको पक्षमा काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए । उनले सवै पक्षलाई मिलाएर सरकारले स्थानीय निकाय पुनसंरचना र निर्वाचन सम्पन्न गर्न लागि परेको बताए । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रशाशक, बाँकेका प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय प्रहरी प्रमुख लगायत बाँंकेका सवै सरकारी कार्यालयका प्रमुखहरु, पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी दिवसको अवसरमा प्रहरीद्वारा रक्तदान

१५ आश्विन २०७३, शनिबार १४:३०
सदरलाइनटडकम      १६ असोज, नेपालगन्ज : ६१ औं प्रहरी दिवस २०७३ को अवसरमा नेपाल प्रहरीद्वारा नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जमा आयोजना गरिएको सो रक्तदान कार्यक्रम रेडक्रश सोशाईटी बाँकको प्राविधिक सहयोगमा सुरु भएको हो । प्रहरीले आफ्नो स्थापना दिवसको अवसरमा गर्ने विभिन्न सामाजिक क्रियाकलाप […]