कोरोनाबाट बाँकेमा एकको मृत्यु

सदरलाइन संवाददाता १७ कार्तिक २०७८, बुधबार १३:०५
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको आज मृत्यु भएको छ । भजनी नगरपालिका–५ कैलालीका ३३ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यसैदिन उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नआउँदा बुधवार बिहान पौने ६ बजे मृत्यु भएको हो ।


योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४२८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार ७ जनामा कोरोना पुष्टि

१७ कार्तिक २०७८, बुधबार १३:०५
नेपालगञ्ज : बाँकेमा बुधवार थप ७ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २३ नमुना परीक्षण गर्दा ६ र मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको […]

सम्बन्धित