करेण्ट लागेर दाङ सहचालकको मृत्यु

२२ असार २०७६, आईतवार १७:१८
 

सदरलाइनडटकम,
दाङ : करेण्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका ७ मा फसेको टिपर निकाल्ने क्रममा आइतवार करेण्ट लागेर प्यूठान नगरपालिका ९ मरेङ निवासी २७ वर्षीय खेतुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सम्राट सिमेण्ट उद्योग नजिक रा १ क १६६० नम्बरको टिपर फसेपछि बा २ क ५६३९ नम्बरको जेसिबिले उक्त टिपर निकाल्ने क्रममा विद्युतको तार छुन पुग्दा गम्भीर घाइते भएका जेसिबीका सहचालक घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताए ।
यस्तै, दाङको गढवा गाँउपालिका ४ गोविन्दनगर र खडकपुरको बाटो पीच गर्ने क्रममा तातो डिजल परेर एक कामदार घाइते भएका छन् । प्रिमिक्स नामक मेशिनमा डिजेल राख्ने क्रममा असावधानी अपनाउँदा उक्त मेशिनमा रहेको तातो डिजेल शरीरमा पर्न गई सप्तरी कुनौली गाउपालिका ५ का १८ वर्षीय दीपक सरदार घाइते भएका हुन् । सरदारको कम्मरदेखि तलको भाग र दाहिने हात जलेर घाइते भएको र लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै राप्ती गाँउपालिका १ भालुवाङ बजारमा फ्रेस हाउसमा आगलागी हुँदा झण्डै ४० हजार बरावरको क्षति भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ घर भई हाल राप्ती गाउँपालिका १ पुलचोकस्थित मोहमली कुलेसिको बोइलर कुखुरा काट्ने डेब्लीमा आगलागी हुँदा १० ओटा कुखुरा, ग्यास सिलिण्डर १ थान, मोबाइल थान १ र नगद ११ हजार गरी करिब ४० हजार बराबरको क्षति भएको छ । उक्त आगलागीमा परि २३ वर्षीय सोनु कुलेसीको दाहिने हात र खुट्टामा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता शाहले बताए ।

Next Post

वडास्तरीय फुटबलको उपाधी तुलसीपुर ११ लाई

२२ असार २०७६, आईतवार १७:१८
सदरलाइनडटकम, दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा ११ ले हात पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० र ११ को सयुक्त आयोजनामा संचालित प्रतियोगितामा वडा नं. १० लाई ट्राईवेकरमा पाखा लगाउँदै वडा न ११ ले उपाधी चुमेको हो । गौरिगाउँ खेल मैदानमा भएको […]

सम्बन्धित