सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ को महामारीका करण भएको लकडाउको प्रभावमा भारतका विभिन्न प्रान्तमा रहेका नेपालीहरु नेपाल आउन सुरु गरेका छन् ।
यसक्रममा जमुनाह नाकाबाट करिव ३ हजार नेपाली नागरिकलाई प्रवेश गराई उनीहरुलाई आ–आफ्नो जिल्ला पठाईएको छ । सोही संख्यामा रहेका भारतीय मजदुर भारत गएका छन ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी दिर्घराज उपाध्यायले जमुनाह नाकाबाट विभिन्न जिल्लाका २ हजार ९ सय १३ जना नेपाली प्रवेश गरेको र सोही नाका भएर ३ हजार १ सय ५८ जना भारतीय नागरिक भारततर्फ गएको जानकारी दिए ।
नेपाल प्रवेश गर्नेहरुमा सबै भन्दा बढी दैलेखका ८१९, बाँकेका ५१०, सुर्खेतका ४९७, सल्यानका ४६२, अछामका ८४, जाजरकोटका ८१, दाङ्गका ५५, बर्दिया २३, प्युठान ११, जुम्ला ११ र अन्य जिल्लाका ३०७ जना रहेका छन् ।
उनीहरु सबैलाई ५६ वटा गाडीमा राखेर संबन्धित जिल्ला र स्थानीय तहको क्वारेन्टाईनमा बस्नेगरी पठाईएको छ । भने ६० जना जान बाँकी रहेका छन् । उनीहरुलाई सकुशल आ–आफ्नो गन्तब्यमा पठाउनको लागि नेपाल प्रहरी तथा सुरक्षा नियकाले समन्वयकारी भुमिका खेलेको थियो ।