अन्दोलन सशक्त बनाउन जिम्मेवारी बाँडफाँड

११ आश्विन २०७३, मंगलवार १४:२८
 

सदरलाइनडटकम IMG_9607
११ असोज, नेपालगन्ज : बाँकेलाई ५ नम्वर संघीय प्रदेशको राजधानी बनाउने आन्दोलन थप पेचिलो बन्दै गएको छ । बाँके राजधानी सर्बदलिय, सर्बपक्षिय सँघर्ष समितको मंगलबार बसेको बैठकले थप जिम्मेवारी बाँडफाड गरेपछि आन्दोलन सशक्त बनाइने भएको हो ।
समितिको सह–संयोजकमा ललितकुमार रौनियार, सदस्य सचिवमा अतहर हुसेन फारुखी र सचिवालय सदस्यमा ऋषिराज देवकोटा, कृष्ण पाण्डे , तप्त पौडेल, एवं प्रवक्तामा पत्रकार महासंघका अध्यक्ष रुद्र सुवेदीलाई तोकिएको छ ।
बाँकेलाई राजधानी बनाउन हरेक हिसावले उपयुक्त हुने भन्दै यहाँका राजनीतिकर्मी, पेशाकर्मी, उद्योगी व्यसायी संघर्ष गर्ने तयारीमा एकवद्ध छन् ।


हिरमिनियालाई गाउपालिकामा कायम गराउनको लागि तालाबन्दी जारी

यसैगरी बाँकेको हिरमिनियाई गाउपालिकामा राख्न माग गर्दै गाविस कार्यालयमा लगाइएको ताला आठौं दिन पनि जारी छ ।
राजनैतिक दलहरुले हिरमिनियालाई नगरमा गाभेको विरोधमा स्थानीयबासीले गत ४ गतेदेखि तालाबन्दी गरेका हुन् । नगरमा राखिने निर्णय नसच्याए जुनसुकै मूल्य चुकाउन आफुहरु तयार रहेको हिरमिनिया गाउँपालिका निर्माण संघर्ष समितिका संयोजक सुभाषसिँह ठाकुरले बताए ।
ताला खोलाउनका राजनैतिक दल तथा संघर्ष समिति बीच भएको छलफल बिना निश्कर्ष टुगिंएको छ । स्थानीय विकास अधिकारी जीवलाल भुषालले छलफलका लागि बोलाएको बैठकमा एमाले बाहेक सबै राजनैतिक दलका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकमा आफुहरुको माग वेवास्ता गर्दै ताला खोल्नका लागि मात्रै दबाव दिएको संघर्ष समितिका संयोजक ठाकुरले बताए । नेकपा माओवादी केन्द्र बाँकेका इञ्चार्ज आईपी खरेलले आफुहरु पार्टी भित्र छलफल गरेर बताउने भन्दै गाविस कार्यालयको ताला खोल्न मात्र दबाव दिएकोले बैठक विना निश्कर्ष सकिएको संघर्ष समितिका प्रवक्ता मोहनराम मिश्रले जानकारी दिए ।
यसअघि सोमबार बोलाईएको बैठकमा जिल्ला स्थित राजनैतिक दलका नेतृत्वतह नआएपछि बैठक मंगलबारको लागि सारिएको थियो । यसैबिच जन सामुदायिक युवा क्लव हिरमिनिया बाँकेले पनि हिरमिनिया गाउँपालिका संघर्ष समितिको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । क्लबले औपचारिक रुपमै पत्र लेखि एक्युबद्धता जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फुलमा पुतली !

११ आश्विन २०७३, मंगलवार १४:२८
बाँकेको गाभर भ्यालीमा रहेको सामुदयिक होमस्टेको बगैचामा भेटिएका पुतलीहरु (फोटोफीचर) । फोटो : रुद्र सुवेदी/सदरलाइनडटकम

सम्बन्धित

ताजा अपडेट