बाजुराको बुढीगंगा नगरपालिकामा एमाले निर्वाचित

सदरलाइन संवाददाता २६ असार २०७९, आईतवार १३:४३
 

नेपालगञ्ज : बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत् शनिवार भएको मतगणनाको आइतवार सार्वजनिक परिणामअनुसार प्रमुखमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपप्रमुख उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।


बानियाँले ४ हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी काँग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाएर पराजित भए । उपप्रमुखमा कुँवरले ४ हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । बुढीगंगामा ९ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जङ्गली च्याउ खाँदा दाङमा ६ जना बिरामी

२६ असार २०७९, आईतवार १३:४३
नेपालगञ्ज : दाङमा जङ्गली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उनकी छोरीहरू २० वर्षीया सोनु […]