प्रस्तावित चार तारे होटल ‘कृष्णा’ सञ्चालनमा

१ आश्विन २०७३, शनिबार ११:०५
 

५० करोड लगानी, सय जनालाई प्रत्यक्ष रोजगारी

सदरलाइनडटकम DSC03158
१ असोज, नेपालगन्ज : नेपालगन्जमा प्रस्तावित चार तारे होटल ‘कृष्णा’ गत बिहीबारदेखि सञ्चालनमा आएको छ । रु ५० करोड लगानीमा निर्माण भएको सो होटलमा यस क्षेत्रकै अत्याधुनिक सुविधाहरु रहेको होटल भएको सञ्चालकले दावी गरेका छन् ।
नेपालगन्जको सुर्खेतरोडमा रहेको होटलमा औषधी बिक्रेता नेपालगन्जका ब्यावसायी दिपेन्द्र अग्रवालले लगानी गरेको सो होटलको ब्यवस्थापन भने बहुराष्ट्रिय कम्पनी ‘सिग्नेट इन’ले गरेको छ । उनी आफैले होटल सञ्चालन नगर्ने भएपछि राम्रो ब्यबस्थापकको खोजी गरि रहेकोे बेलामा बहुराष्ट्रिय कम्पनी सिग्नेट ईन ग्रुपले चासो देखाएको थियो । ‘अहिले सिग्नेट इनसंग दश वर्षसम्मका लागि होटल व्यबस्थापनको सम्झौता भएको छ’– लगानीकर्ता अग्रवालले भने,–‘बिहिवारबाट होटल औपचारिकरुपमा सुरु भएको छ ।’DSC03159
अग्रवालका अनुसार अमेरिकी ब्राण्ड सिग्नेट इनले भारतमा समेत होटलको ब्यबस्थापन गर्दै आएकोे छ । नेपालगन्जको मुटु मानिने सुर्खेतरोडमा रहेको सो होटल अन्डर ग्राउन्डसहित आठ तालको रहेको छ ।
सो होटल सञ्चलनमा आएको मध्यको होटलमा नेपालगन्ज कै पहिलो चार तारे हो । होटलको भौतिक संरचना निर्माणको काम सम्पन्न गर्न करिव दुई बर्ष लागेको अग्रवालले जानकारी दिए । औषधि वितरणका क्षेत्रमा लामो समय काम गर्दै आएका कमला मेडिसनका सञ्चालक समेत रहेका अग्रवालले पहिलो पटक होटल ब्यबसायका क्षेत्रमामा लगानी गरेका हुन् । सुर्खेतरोडको छेउमा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
सो होटलमा ९२ वटा कोठा, मेरिट हल, ४ रेष्टुरेन्ट, बालबालिकाका लागि प्ले जोन, स्वमिङ्ग पुल, जिम क्लब, हेल्थ क्लब, ३ वटा सभाहल, पार्किङ्गको व्यबस्था गर्नुका लागि चार तारे होटलका लागि आवश्यक सबै मापदण्ड आफुसंग भएको होटल निर्माता अग्रवालले बताए । होटलमा सय जनाले प्रत्यक्ष रोजगारी पाउने अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुपतिको वनकालीमा असोज ३ देखि १४ गतेसम्म विश्व जागरण पितृमोक्ष

१ आश्विन २०७३, शनिबार ११:०५
सदरलाइनडटकम १ असोज, काठमाडौँ,: विश्व जागरण महायज्ञ अभियान ट्रष्टले पशुपतिको बनकालीमा असाय बालबालिकाको रक्षार्थ चितवनको देवघाटमा निमार्ण भैरहेको ४० कोठे भवन निमार्णको लागि पशुपतिको वनकालीमा असोज २ देखि १४ गतेसम्म महायज्ञ सम्पन्न गर्ने जनाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा विश्व जागरण महाअभियान ट्रष्टले पत्रकार सम्मेलन गरेर “संस्कृती शिक्षा जातिमा […]