एमाले गण्डकीको अधिवेशन रयाली झाँकीमय हुने

सदरलाइन संवाददाता १ आश्विन २०८०, सोमबार १८:४३
 

पोखरा :  आगामी असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन साँस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने गरी तयारी अघि बढाईएको सो अधिवेशन पुर्व आयोजना गरिने प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल–पहाड– तराइको सम्पुर्ण साँस्कृतिक झाँकी प्रस्तुत गरिने भएको हो ।


झाँकी ब्यवस्थापन उपसमिति संयोजक हुमबहादुर गुरुङको अध्यक्षता सम्पन्न बैठकले एमाले गण्डकी प्रदेश अधिवेशनको उदघाटन र्यालीले साँस्कृतिक विविधताको संगम, राष्ट्रिय एकता र सद्भावको सन्देश दिने गरि तयारी गर्ने निर्णय गरेको हो ।

अधिवेशनमा घाँटु, चुडका, छ्याडु, कौरा, सोरठी, बालन, भजन, तायमचा, लाखे नाच, लठ्ठी नाच, तामाङ सेलो, थकाली, हिमाली नाच, गन्धर्व संस्कृति, पन्चै बाजा लगायत विभिन्न समुदायगत र क्षेत्रगत मौलिक प्रस्तुतिहरु हुने झाँकी संयोजक गुरुङले जानकारी दिए ।

संयोजक गुरुङको अध्यक्षतामा भएको प्रथम चरणको बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, प्रदेस कमिटी उपसचिव रश्मि आचार्यले अधिवेशनको तयारी र झाँकी ब्यवस्थापनका सन्दर्भमा भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस बाँकेले सम्झियो गणेशमानलाई, शालिकमा माल्यार्पण

१ आश्विन २०८०, सोमबार १८:४३
नेपालगञ्ज : नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नेपाली राजनीतिका सर्वोच्च नेता गणेशमान सिंह त्याग र निष्ठाका प्रतिमूर्ति भएको बताएका छन् । बाल्मिकीले लौह पुरुषको उपनामले चिनिने पार्टीका संस्थापक नेता सिंहले देखाएको बाटोमा कांग्रेस हिंड्न सके पार्टीसंगै मुलुकको पनि भलो हुने बताए । नेपाली काँग्रेस बाँकेले मंगलवार विहान स्वर्गीय सिंहको […]