भेरीको परीक्षणमा थपिए १०६ जना कोरोना संक्रमित

सदरलाइन संवाददाता ४ बैशाख २०७८, शनिबार १४:३५
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १०६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा संकलित १९० स्वाब परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालद्वारा शनिवार जारी विवरण अनुसार मध्यान्ह १२ बजेसम्म १०६ जनामा कोरोनाको संक्रमण देखिएको हो । यो क्रम अझैं बढ्ने बताईएको छ । संक्रमितहरुमध्ये अधिकाशं नेपालगञ्जका रहेका छन ।


खुल्ला सिमाना, स्वास्थ्य मापदण्डको उलङ्घन र लापरवाहीका कारण बाँकेमा पछिल्लो एक सातामै कोरोनाको प्रकोप भयावह देखिएको छ । हरेक दिन सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं जादाँ समेत यहाँको प्रशासनले उचित कदम चाल्न सकेको छैन । संक्रमित भएका ब्यक्तिहरुको समेत उचित ब्यवस्थापन नहुँदा समुदायस्तरमै कोरोना फैलने जोखिम बढ्दै गएको छ ।

Next Post

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

४ बैशाख २०७८, शनिबार १४:३५
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दाङको नारायणपुरकी ३७ वर्षीया महिलाको शनिवार विहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । चैत २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी उनमा त्यसै दिन कोरोना […]