सर्बोच्चद्वारा रिगलको कैद मिनाहा बदर

सदरलाइन संवाददाता १६ कार्तिक २०८०, बिहीबार १६:१५
 

नेपालगञ्ज : नेपालगञ्जका रिगल भनिने योगराज ढकाल रिगलको कैद मिनाहालाई सर्बोच्च अदालतले बदर गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो ।


नेपालगन्ज निवासी चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए । बाँकी कैद माफी पाएर ढकाल संविधान दिवसका दिन छुटेका थिए ।

त्यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । कैद मिनाहाविरुद्ध उनी काठमाडौको माइतीघर मण्डलामा धर्ना बसेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्च अदालतको आदेशपछि पक्राउ परे रिगल ढकाल

१६ कार्तिक २०८०, बिहीबार १६:१५
नेपालगञ्ज : सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको […]