प्रजातान्त्रिक समुहको पनि मतदाता भेटघाट जारी

४ भाद्र २०७३, शनिबार १३:५५
 

सदरलाइनडटकम unnamed (2)  
४ भदौ, नेपालगन्ज : प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले मतदाता भेटघाट जारी राखेको छ । सो समुहका अध्यक्ष पदका उम्मेदवार गोपालप्रसाद अधिकारी नेतृत्वको समूहले शनिबार बिहान गणेशमान चोकका मतदातालाई भेटेर मत मागेको छ ।
घरदैलोका क्रममा अघिकांश मतदाताले सकारात्मक प्रक्रिया दिदै आफ्नो टिमलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्दै अधिकारीले खुशी व्यक्त गर्दै उनले भने, ‘सबैतिरबाट राम्रो समर्थन पाइरहेका छौं, यसले निर्वाचनको परिणाम कता जान्छ प्रष्ट भइसकेको छ, मतदाता भेटघाट गर्दा आफ्नो प्यानलका तर्फबाट जारी गरिएको घोषणा पत्रमा सबै कुरा समेटिएकाले पनि हामीलाई मतदाताको समर्थन बढ्ने क्रम जारी छ ।’unnamed (1)
यस्तै प्रजातान्त्रिक समुहलाई विजयी गराउनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्ने बाँकेका शिक्षकहरुले प्रतिवद्धता जनाएका छन् । शिक्षकसँग भएको भेटघाट तथा अन्तरक्रियामा प्रजातान्त्रिक समूहका उमेदवार लगायत सहभागी भएका थिए ।
यसैबीच प्रजातान्त्रिक समूहका उम्मेदवारलाई विजयी गराएरै छाड्ने दृढताका साथ घरदैलो अभियानमा सक्रिय रहेका महिला उद्यमी तथा महिला नेतृहरुले शनिवार पनि घरदैलोलाई निरन्तरता दिए । unnamed (3)
नेपालगन्जको चर्को गर्मीको कुनै प्रवाह नै नगरेर उनीहरुले न्यूरोड क्षेत्र, घरवारी टोल लगायत क्षेत्रमा घरदैलो गरेका हुन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी महिला संघ, नेपाल साँस्कृतिक संघ, नेपाल महिला संघमा आवद्व महिलाहरु दैनिकजसो घरदैलोमै व्यस्त हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्टेशनरी व्यवसायी कपिलको पक्षमा, बुद्धिजिवी परिषदको प्रचार सहयोग समिति

४ भाद्र २०७३, शनिबार १३:५५
  सदरलाइनडटकम ४ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ मा हुने निर्वाचनमा नेपालगन्जका स्टेशनरी व्यवसायीहरुले कपिलप्रसाद अधिकारीले नेतृत्व गरेको समावेशी साझा समूहलाई सघाउने भएका छन्् । शनिवार नेपालगन्जमा भेला गरी उनीहरुले समावेशी साझा समूहप्रति समर्थन जनाएका हुन् । भेलामा पुगेका समावेशी साझा समूहबाट अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारीलाई […]