भारतको निमन्त्रणा अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार

११ कार्तिक २०७५, आईतवार १५:००
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको निमन्त्रणा अस्वीकार गरेका छन् । भारतले गणतन्त्र दिवसका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको थियो ।
तर ट्रम्पले आफू भारत नआउने जानकारी दिएको भारतीय अधिकारीको भनाई उद्धृत गर्दै भारतको अखबार ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ । अमेरिकी अधिकारीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई यसबारे सूचना दिएको बताइन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प घरेलु कार्यक्रममा व्यस्त रहने भएको भन्दै भारत भ्रमणका लागि असमर्थ रहने जानकारी भारतीय अधिकारीलाई दिइएको जनाइएको छ । घरेलु कार्यक्रममा व्यस्ततालाई ट्रम्पले कारणका रुपमा देखाए पनि कुटनीतिक मामलाका विज्ञहरु पछिल्लो समय अमेरिका र भारतबीचको सम्बन्धमा देखिएको दुरीका कारण नै ट्रम्प भारत भ्रमणका लागि अनिच्छुक रहेको बताउँछन् ।
भारतले हालै रुससँग ‘एयर डिफेन्स सिस्टम एस–४००’ खरिद गर्ने सम्झौता गरेका कारण अमेरिकाले भारतसँग दुरी बनाएको हो । अमेरिकाले यसअघिनै भारतलाई रुससँग उक्त सम्झौता नगर्न सुझाव दिएको थियो । तर अमेरिकी सुझावलाई बेवास्ता गर्दै भारतले रुससँग सम्झौता गरेका कारण पछिल्लो समय भारतसँग अमेरिका असन्तुष्ट रहँदै आएको छ ।
स्मरणीय छ, भारतले आफ्नो गणतन्त्र दिवसका अवसरमा विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई मुख्य अतिथि बनाउँदै आएको छ । सन् २०१५ मा गणतन्त्र दिवसका अवसरमा भारतले तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई मुख्य अतिथि बनाएको थियो ।
(एजेन्सीको सहयोगमा)

Next Post

कर्णालीको प्रदेशसभा बैठक स्थगित

११ कार्तिक २०७५, आईतवार १५:००
सदरलाइनडटकम, सुर्खेत : कर्णाली प्रदेशसभाको आईतवारको बैठक पनि स्थगित भएको छ । १९ दिनपछि आईतवार दिउँसो १ बजेका लागि बोलाईए पनि सरकारको तयारी पुरा नभएपछि बैठक स्थगित भएको हो । काँग्रेसले चालु आर्थिक वर्षको रातो किताव माग्दै संसद बैठक अवरुद्ध गरेको थियो । आईतवारको बैठक प्रदेशसभा सचिवालयले प्राविधिक कारण देखाउँदै सुचना […]