सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
त्यस्तै, मंगलवार मात्र ३४ जना कोरोनाबाट निको भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार ३ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
